arrow

गृह मन्त्रालयको नयाँ वेबसाइटः प्रवक्ताले पनि खोज्न जान्दैनन्

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
MOHA.JPG

काठमाडौं । गृह मन्त्रालयको नयाँ वेभ पेजमा राखिएका सूचना गृह प्रवक्ता आफैंले समेत खोज्न नसकेको पाइएको छ । गेहको पुरानो वेबसाइटमा हरेक जिल्ला प्रशासनदेखि जिल्लाका अधिकांश सरकारी निकायका सम्पर्क नम्बर तालिकामा मिलाएर राखिएको थियो ।

तर, नयाँ बनाएर देखाउने नाममा सर्वसाधारणले खोज्नै नजान्ने र नमिल्ने गरी नयाँ साइट बनाइएको छ । गृहको नयाँ वेबसाइटको टेलिफोन निर्देशिकामा ७ वटा प्रदेश, कार्यालयका किसिम, कार्यालय र पदसम्म खोज्न सकिन्छ । तर कि वर्ड भनेर राखिएको खण्डमा जुन शब्द हाने पनि कुनै कर्मचारी/सदस्य भेटिएन, कृपया आफ्नो खोज बदल्नुस् र पुन प्रयास गर्नुहोस् भन्ने सन्देश देखिन्छ । हेर्नुस् ( http://moha.gov.np/directory)

गृहको नयाँ वेबसाइटमा पुरानो वेबसाइटको लिंक पनि दिइएको छ । तर त्यो लिंकमा क्लिक गदै पेज खुल्दैन । आजित भएर गृह प्रवक्ता रामकृष्ण सुवेदीलाई फोन गर्दा उनले किवर्डबारे र नयाँ साइटबारे आफुलाई पनि खास जानकारी नभएको र भोली बुझौंला है भन्ने जवाफ दिए । उनले पुरानैं लिंकमा जान सुझाब दिए । तर पुरानो वेबसाइटको लिंक नखुल्नेबारे जानकारी दिएपछि म बुझेर भनौंला है भनेर पन्छिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ