arrow

वातावरणको विषय प्राथमिकतामा नपरेको भन्दै अमेरिका-क्यानाडा सम्झौताको विरोध

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
us-canada.png

मन्ट्रियल । वातावरणका क्षेत्रमा क्रियाशील ग्रीनपिस र सिएरा क्लबलगायतका संस्थाहरुले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (युएसएमसीए) मा वातावरणीय मुद्दाहरुमा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले उत्तर अमेरिकालाई पुनः “औद्योगिक उत्पादनमा महाशक्ति” बनाउने र त्यसले अमेरिकी आर्थिक वृद्धि हुने घोषणा गरेका थिए । यो सम्झौताले करिब २० वर्षअघिको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई प्रतिस्थापन गर्नेछ ।

क्यानडाको ओटावामा पत्रकार सम्मेलन गर्दै क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले व्यापार सम्झौतामा हावाको गुणस्तरमा ध्यान दिनेगरी नयाँ वातावरण अध्याय राखिएको बताए। “अहिले राखिएका वातावरणीय प्रावधानहरु विगतका भन्दा बलिया छन् ।”

तर आलोचकहरुले झण्डै १२ खर्ब डलरको यो व्यापार सम्झौताले विश्वको वातावरण र जनसंख्यालाई समानुपातिक रुपमा समेट्न बताएका छन् । सामाजिक पक्षमा बढी वकालत गर्ने क्यानेडाली परिषदले सम्झौतामा “जलवायू परिवर्तन” लाई नराखिएकोमा दुःख व्यक्त गरेको छ ।

नाफ्टामा रहेको गलत नियमलाई अहिलेको सम्झौतामा पनि राखिएको छ र खनिज तेल उद्योगको वृद्धिलाई स्वागत गरिएको छ, ग्रीनपिसका तर्फबाट वक्तव्य जारी गर्दै चार्ली क्रेले बताए।

नयाँ सम्झौतामा जलवायू परिवर्तनलाई समावेश नगर्नु मात्र होइन कि जलवायू सङ्कटमा समूहले गरेका कार्यहरुमा पनि प्रश्न उठाइएको छ, सिएरा क्लबले भनेको छ ।

ट्रम्पको नेतृत्वमा रहेको संयुक्तराज्य अमेरिका यसअघि नै पेरिस जलवायू सम्झौताबाट अलग भइसकेको छ । सो सम्झौतामा विश्वको तापक्रम दुई डिग्री सेल्सियस भन्दा बढ्न नदिने लक्ष्य राखिएको छ ।

आलोचकहरुले जेसुकै भनेपनि सम्झौतामा केही राम्रा कुराहरु राखिएको छ ।

पुरानो नाफ्टा सम्झौतामा वातावरणसम्बन्धी अलग अध्याय राखिएको थिएन । नयाँ सम्झौतामा समुद्रको प्लास्टिक प्रदूषणलाई विशेष रुपमा महत्व दिइएको छ किनभने समुद्रको प्रदूषणमा प्लास्टिकले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ