arrow

सुबिसु शुभअफर : डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
subisu_subha_offer_.jpg

काठमाडौं ।   सुबिसु केबलनेटले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर ल्याएको छ । अफर अन्तर्गत क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक रहेका छन् ।

क्लियर टिभि प्रिमियम प्याक अफर अन्तर्गत कर सहित १५ सयमा २ महिनाको प्रिमियम सेवा पाइने छ । क्लियर टिभि प्रिमियम प्याक अफरमा २५० भन्दा बढी डिजिटल  च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु हेर्न पाइन्छ । साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

सुबिसु इन्टरनेट फास्ट प्याक अफर अन्तर्गत २० एमबिपिएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि पाइनेछ । साथै मोडेम र जडान सेवा पाइनेछ । यो अफर करसहित २ हजार तिरि प्राप्तगर्न सकिने छ ।

सुबिसु इन्टरनेट एण्ड क्लियर टिभि कम्बो प्याक अफर अन्तर्गत २ महिनाका लागि २५ एमबिपिएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल   च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) पाइनेछ ।  साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । यो अफर करसहित ४ हजार ५ सय तिरे प्राप्त गर्न सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ