arrow

पाल्पाली समाज युएईद्धारा पत्रकार डोटेल सम्मानित

‘जिल्लाका गतिबिधिमा सक्रिय बन्दै पाल्पाली समाज युएई’

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
dotel-saman.JPG

पाल्पा।  पाल्पाली समाज युएईले रामपुरमा भएको एक कार्यक्रममा पत्रकार सीता डोटेललाई सम्मान गरेको छ । रोजगारका लागि युएईमा गएका पाल्पालीहरुको संस्था पाल्पाली समाज युएईले समाज र जिल्लालाई जोड्ने जिल्लाका हरेक गतिबिधिमा सक्रिय भुमिका खेलेको भन्दै एक दशक देखि पत्रकारितामा सक्रिय पत्रकार डोटेललाई सम्मान गरेको हो ।

पाल्पाली समाज युएई र रामपुर नगरपालिकाकाको सहकार्य तथा डिस्कभरी रोयल स्पोट्स प्रालिको आयोजनामा भएको प्राथमिक उपचार तालिमका अबसरमा समाजका अध्यक्ष बेद प्रसाद अर्याल र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पत्रकार डोटेललाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

सम्मान गर्दै पाल्पाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले समाजको स्थापनाकालदेखि नै निरन्तर खटेर समाजका कामहरुमा महत्वपुर्ण सहयोग गर्नुभएकोमा धन्यवाद सहित आगामी दिनमा पनि निरन्तर सहकार्यका लागि अपेक्षा सहित सम्पुर्ण नेपाली तथा पाल्पाली समाजको तर्फबाट सम्मान गरिएको बताउनुभयो । घरपरिवारको जिवनस्तर उकास्न र परिवारलाई सुखी र खुसी बनाएर राख्ने सपना बुनेर युएई गएका पाल्पालीहरुले जिल्ला र जिल्लाबासीलाई पनि केही गर्नुपर्छ भनेर सन् २०१५ मा पाल्पाली समाज युएई गठन गरेका थिए ।

समाजको गठन पश्चात सामाजिक कार्यमा लाग्दै आएको पाल्पाली समाज युएई जिल्लामा मात्र होइन युएईमा समेत त्यहाँको संस्थाहरु मध्ये अब्बल बन्दै आएको छ । संस्था स्थापना भएको ६ दिनमा नेपालमा २०७२ सालको महाभुकम्प गयो । संस्था जन्मिएर न्वारान समेत नभएको बेलापनि संस्थामा रहेका पाल्पालीहरुले त्यससमय भुकम्पले पिडा दिएको घाउमा मल्लम लगाउने काम गरे । सो समय सरकारले गठन गरेको दैवी प्रकोप समितिमा ७८ हजार सहयोग गरेका थिए भने भुकम्पबाट क्षत बिक्षत बनेको जिल्लाका बिभिन्न बस्तीलाई नै सहयोगको प्राथमिकतामा राख्दै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित तत्कालिन जिल्ला दैवी प्रकोप समितिमा ६ लाख ११ हजार १ सय ११ रुपँया सहयोग गरेका थिए ।

 पाल्पाली समाज युएईले जिल्लाका साविकका ६० वटै गाविसका ६० बिद्यालयमा अक्षयकोष स्थापना कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको छ । २ बर्ष अघि शुरुवात गरेको एक गाबिस एक बिद्यालय अक्षयकोष कार्यक्रम अन्तर्गत तत्कालिन गाबिस तथा अहिलेका वडाका दुरदराजमा रहेका बिद्यालयलाई छनौट गरि त्यस्ता ५२ विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको छ । बाँकी रहेका ८ बिद्यालयमा पनि अब लगत्तै अक्षयकोष स्थापना गरिने सोही अबसरमा पाल्पाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिनुभयो । समाजले प्रत्येक बिद्यालयमा २५ हजारको अक्षयकोष स्थापना गर्दै जिल्लाका बिद्यालयमा १५ लाखको अक्षयकोष स्थापना गर्ने क्रमको अन्तिम चरणम छ । रोजगारका लागि युएईमा गएका नेपालीको ज्यान गए वा अङ्गभङ्ग भएको खण्डमा सहयोग गर्दै आएको छ ।

समाजले अहिलेसम्म पाल्पाली सहित अन्य जिल्लाका नेपालीको मृत्यु भएकोमा ७ वटा शब घरमा पठाउन समाजले सबै प्रक्रिया पुरा गरि नेपाल पठाएको छ । खाडी मुलुकमा त्यहाँको प्रशासनिक कडाईका कारण पछिल्लो समय खुलेर संघसंस्था स्थापना गर्न तथा खुला स्थानमा कार्यक्रम गर्न रोक लगाउदा समाजका कार्य गर्न सहज पनि छैन तथापि पाल्पाली समाज युएईले दुतावाससँग समन्वय गरि जिल्लामा समाजिक काममा सक्रिय हुदै आएको छ । समाजले युएईमा ज्यान गुमाएका पाल्पालीका परिवारलाई राहत स्वरुप ८० हजार देखि २ लाख बढी रकम सहयोग गर्दै आएको छ । ज्यान गुमाएका समाजका सदस्यका नावालक छोराछोरीलाई बिद्यालय स्तरसम्मको पढाई निशुल्क समेत गरिदिएको छ । परिवारको आम्दानी, सगोल बसाई वा एकल परिवारका आधारमा पाल्पाली समाजमा आबद्ध पाल्पालीले रकम संकलन गरि सोही अनुसार सहयोग गर्दै आएका समाजका महिला बिभाग प्रमुख ओम कुमारी खाँणले बताइन् ।

विदेशमा कमाउन गएपनि आफ्नो गाउँलाई केही गरौं भनेर हामी संगठित भएका हौ–पाल्पाली समाज युएई दुवई क्षेत्रका अध्यक्ष खगेश्वर बोटे पाल्पाली कान्छाले भने। युएईका ७ वटै क्षेत्रमा पाल्पाली समाजको शाखा रहेको छ । युएईको केन्द्रिय तथा बिभिन्न क्षेत्रमा हजारौं पाल्पाली आबद्ध छन् । आफ्नो देश तथा जिल्लामा सामाजिक काम गर्नका लागि र बिदेशिएका नेपालीहरु एकबद्ध हुन समिति गठन गरेका सक्रिय भएको पाल्पाली समाज युएई केन्द्रिय समिति महासचिव बिष्णु प्रसाद खनालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ