arrow

टाउको दुख्दा सिटामोल मात्र पाइने बनगाई स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रस्तुती सेवा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज १६ मंगलबार
chauki.jpg

बुटवल। शुद्धोधन गाउपालिका वडा नं. २ स्थित खड्वा बनगाई स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रस्तुती सेवा प्रदान हुने भएको छ । टाउको दुख्दा सिटामोल र जीवनजल मात्रै स्वास्थ्य सेवाबाट सेवा लिदै आएका त्यहाँका स्थानियले कार्तिक देखि विज्ञेषज्ञ सहितका सेवाहरु पाउनेछन् ।

अहिले सञ्चालन भइरहेको स्वास्थ्य चौकीको थप स्तरउन्नतीको काम अन्तिम चरणमा पुगेको छ । ६ कोठा र १ हल सहितको ढाई तले भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेकाले कार्तिक देखि उक्त भवनबाट विशेषज्ञ सहितका सेवाहरु सञ्चालन हुने हुनेछन् । अहिले भवनको कम्पाउण्ड क्षेत्र निर्माण भइरहेको छ ।

दशै र तिहारको बीच सम्ममा स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रस्तुती सेवा, युवायुवतीका लागि मिलन केन्द्र स्थापना गरिनेछ शुद्धोधन गाउपालिका वडा नंं १–२ का सचिव लक्ष्मण प्रसाद ज्ञवालीले बताए ।

छपिया कन्ट्रक्सनले ३ करोडको लागतमा निर्माण गरेको भवनको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ । ०७३ जेठ मा सम्झौता गरी ०७४ साउन मसान्त सम्म सक्ने सम्झौता भएपनि ३ महिना ढिला गरी निर्माण सम्पन्न हुने ठेकेदार कम्पनीको दावी छ ।

२ कठ्ठा क्षेत्रफलमा रहेको स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा सुचारु भएपछि सामान्य उपचारका लागि बुटवल आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

 आवास तथा सहरी विकासले उक्त भवनको ठेक्का लगाएको थियो । खड्वा स्वास्थ्य चौकीका कार्यालय प्रमुख कविराज गौतमले स्वास्थ्य चौकीको स्तर उन्नती भएपछि सेवाप्रवाह उत्कृष्ट हुने बताए ।

अहिले सानो र साघुरो कक्षबाट सेवा दिदा सेवाग्राहीलाई समेत असहज हुने गरेको भन्दै उनले नवनिर्मित भवन बाट स्वास्थ्य चौकी उत्कृष्ट सेवा प्रदान गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ