arrow

तेघरी राजधानीविरुद्ध समाचार लेखेको भन्दै जलाइयो पत्रपत्रिका , उक्त कार्यको सर्बत्र आलोचना

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असोज १७ बुधबार
patrika.jpg

धनगढी । प्रदेश राजधानी गोदावारीको तेघरीमा उपयुक्त नहुने आशयको समाचार लेखेको भन्दै कैलालीको अत्तरियामा बुधबार बिहान राष्ट्रिय अखबार जलाइएको घटनाको सर्बत्र आलोचना गरिएको छ ।

प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोकेपछि अन्तरास्ट्रिय जैविक मार्ग समेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरीया बजारमा कान्तिपुर , नागरिक , अन्नपूर्ण  लगायतका राष्ट्रिय अखबार जलाइएको घटनाको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर सातले बिज्ञप्ती निकालेर कारवाहीको माग गरेको छ  ।

नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेशका महासचिव योगेश रावल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा अपराधिक मानसिकता बोकेको जत्थाले कान्तिपुर , अन्नपूर्ण र नागरिक लगायतका पत्रपत्रिका जलाउने कार्य प्रेस स्वतन्त्रताको विरुद्ध भएको जनाइएको छ । सोही घटनाको भत्सर्ना गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाले पनि प्रेस बिज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेको छ ।

"बाघ हिड्ने बाटोमा राजधानी" र चुरे संरक्षणमा तेघरी वन महत्वपुर्ण रहेकाले प्रदेश राजधानी उक्त स्थानमा उचित नहुने तर्कको समाचार प्रकाशन गर्दै आएका राष्ट्रिय दैनिक कान्तिपुर , नागरिक र अन्नपूर्ण पोष्ट लगायतका दैनिक अखबार अत्तरीया बजारमा अपराधिक मानसिकता भएको एक समुहले बुधबार  बिहान जलाएको हो ।

प्रदेश राजधानी गोदावारीको तेघरी स्थित जंगलमा बनाउन नहुने बहस र चर्चा चलिरहेकै अवस्थामा ठुला मिडियाहरुले उक्त बिषय समाचार कभरेज गरे पश्चात्  पराजित मानसिकता बोकेका कायर्हरुको एक झुन्डले अखबार जलाउने काम सुरु गरेका हुन  ।

प्रदेशको राजधानी तेघरी जंगल बाहेकको अन्य बिकल्प खोजिनु पर्ने तर्क र बहस चुलिएका बेला अखबार जलाउने कार्य गरिएको प्रती सुदुर पश्चिम भित्र कडा आलोचना गरिन लागिएको छ  । पत्रपत्रिकाले समाचार लेखेकै भरमा आगो लगाउने विध्वंसकारी कदमको सर्बत्र निन्दा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ