arrow

मेची-महाकालीका विद्यार्थीले कृषि क्याम्पस गौरादहमा मनाए दसैंको शुभकामना

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ असोज १७ बुधबार
gauradaha-student.jpg

झापा । "सयौ थुङा फुलका हामी एउटै माला  नेपालि, सार्बभौम भै फैलिएका मेची महाकालि "............राष्ट्रियगानको गुन्जनसंगै  सुरुवात  भएको दसैं शुभकामना आदनप्रदान तथा साङ्गितिक कार्यक्रममा तेस्तै दृस्य देखिन्थ्यो ! गौरादह कृषि क्याम्पसमा ।

 मेची देखि महाकालीसम्ममा विद्यार्थीहरु अध्ययन गरिरहेका झापा जिल्लाको गौरादह कृषि क्याम्पसमा नजिकिदैगरेको हिन्दुहरुको महान चाड बिजयादसमी , शुभ-दिपावाली तथा छैट पर्वको सुभ अबसरमा शुभकामना आदनप्रदान तथा साङ्गितिक कार्यक्रम भब्यताका साथ  सम्पन्न भएको छ ।  

नेपालका अधिकांश जिल्लाबाट आफ्नै शैली र परम्परा बोकेर आएका विद्यार्थीको संयुक्त संयोजनको कार्यक्रम वास्तवमै रमाइलो देखिएको थियो । गौरादह कृषि क्याम्पस एकाइ सभापती कुसल लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी झापा जिल्ला ने. बि. संघ सभापती रोशन बिस्ट,  विशिष्ट अतिथीहरुमा  नेबिसंघ  केन्द्रित उपाध्यक्ष पबन यादब , नेपाल तरुण दल पुर्व केन्द्रिय महासचिव अनिल कृश्न प्रसाईं ,गौरिगन्ज गापा उपाध्यक्ष दीपेन्द्र थापा , नेपाली कांग्रेस गौरादह नगर सभापती यादब राज सेडाइ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमकाबीच  विद्यार्थीहरुले आकर्षक नृत्यहरु  प्रस्तुत गर्दै कार्यक्रममा दर्शकहरुलाइ रोमान्चित बनाएका थिए । कार्यक्रमको स्वागत मन्तब्य एकाइ सदस्य कुसल ढुंगानाले राखेका थिए भने कार्यक्रमको सन्चालन एकाइ सचिव सुमन के.सि. ले गरेका थिए ।

देशका करिब ३४ जिल्लाबाट आएका विद्यार्थीहरु त्रिभुवन विश्व विद्यालय कृषि तथा पसु बिज्ञान अध्ययन सस्थानको सम्बन्धन प्राप्त सो आंगिक क्याम्पस , गौरादह कृषि क्याम्पसमा हाल ४६ जना विद्यार्थीहरु बि. एस. सि. तहको प्राबिधिक कृषि शिक्षामा अध्ययनरत छन ।

अध्ययनसंगै नेतृत्व बिकासलाइ साथ साथ लिएर अघि बड्ने चाहाना अनुरुप यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामि दिनमा पनि गौरादहबासिको साथ र सहयोगको अपेक्षा रहेको एकाइ सभापती कुसल लामिछानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ