arrow

चीनको पेट्रोलियम पदार्थ नेपाल भित्रियो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
970806723.jpeg
धुन्चे (रसुवा)। चीन सरकारले नेपाललाई सहयोग दिने पेट्रोलियम पदार्थमध्ये केही परिणाम आज साँझ नेपाल भित्रिएको छ। प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुसार २७ हजार लिटर पेट्रोलियम पदार्थ अहिले ९:३० बजे रसुवागढी नाकाबाट नेपाल भित्रिएको हो ।
 
तीनवटा ट्याङ्करमा भरी ल्याइएको ती पेट्रोलियम पदार्थ कडा सुरक्षाका साथ आज टिमुरेमा राखिने र भोलि बिहान काठमाडौँ पठाइने, बाँकी नौवटा ट्याङ्कर तेल भर्नका लागि भोलि बिहान केरुङ जाने प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो ।
 
पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सुरक्षार्थ ठाउँठाउँमा प्रहरी गस्ती परिचालन गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ