arrow

झर्दा नफुट्ने आईफोन ७ विश्व बजारमा आउदै (भिडियो)

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
iPhone_7.jpg.jpeg
एजेन्सी। अमेरिकन कम्पनी एप्पलले आइफोन ७ मा प्यारासुट सिस्टम ल्‍याउने जनाएको छ। आइफोन ७ मा वायरलेस चार्जिङ सिष्टमसँगै एप्पलले प्यारासुट सिस्टम ल्याउन लागेको हो। प्यारासुट सिस्टमका कारण आइफोन कुनै ठाउँबाट खसे पनि यसको डिस्प्ले भएको भाग तिर नझरेर पछाडीको भागमानै खस्ने दाबी गरिएको छ। 
 
यसको लागि आइफोन ७ मा प्रोग्जिमिटी सेन्सर लेन्सको प्रयोग गरिएको छ। प्रोग्जिमिटी सेन्सर अब्जेक्टले जमिको दुरी पत्ता लगाउनेछ। यो सेन्सरमा कार्बनडाई अक्साइड चौबर राखिनेछ। लिक रिपोर्ट्सका अनुसार आईफोन ७ वायरलेस मात्र नभइ लामो दुरी सम्म वायरलेस चार्जिङ सिस्टमको सुविधा रहने बताएको छ। यो ह्वाटअप टेक्नोलोजीको मद्दतबाट आउने आगामी आईफोन १५ फिट दुरीबाट वायरलेस चार्जरको सहायताबाट चार्ज हुनेछ। 
 
आइफोनको अलग्गै हेडसेटमा ३ जीबीको र्याम,  ५.५ इन्चको डिस्प्ले हुन सक्‍ने अनुमान गरिएको छ। यस्तै आइफोन ७ वाटरप्रूफ हुने गरी बनाइएको हुनेछ। लीक रिपोर्ट्सका अनुसार  आइफोन ७मा डब्बल लेन्स रियर क्‍यामरा रहनेछ  जसको पिक्चर क्वालटी डीएसएलआर जस्तै हुनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ