arrow

कक्षा ११ को रिजल्ट आयो 

logo
प्रकाशित २०७५ असोज २० शनिबार
pariksha_board.JPG

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परिक्षाफल  सार्वजनिक गरेको छ । बोर्डको बैठकपछि सार्वजनिक नतिजानुसार नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् । ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० ल्याउने ल्याए ।

२४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र  ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याए ।

यस्तै, ९२ हजार ५ सय ९३ले जिपिए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ परीक्षार्थीले जिपिए १.२१ देखि १.६० ल्याएका छन् ।
आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८० सम्म ल्याएका छन् । आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।

१३१ जनाको परीक्षा रद्द भएकाे छ । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए । आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६ हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ