arrow

२०१९ मा उड्नेछ स्पेसएक्सको मानिससहितको पहिलो रकेट

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
spaceX.png

काठमाडौं । स्पेसएक्सको रकेटले आगामी वर्ष पहिलो पटक अन्तरिक्षमा मानिस लैजाने भएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले सन् २०१९ को जुन महिनामा स्पेसएक्सको रकेट मानिस लिएर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)का लागि उड्ने बताएको छ । २०१९ को अगष्ट महिनामा बोइङको अन्तरिक्ष विमानले पनि सोही किसिमको उडान भर्ने तयारी गरिरहेको छ । 

अहिले नासाले रुसी सोयुज स्पेसक्राफ्टको प्रयोग गर्दै आएको छ र यसको सम्झौता सन् २०१९ मा सकिँदैछ । स्पेस एक्स र बोइङको विमानको उडानहरु धेरैपटक रोकिएको थियो । 

यकिन मितिको लागि भने अझै पनि केही आशंकाहरु रहेको नासाका अधिकारीहरुले बताएका छन् । अहिले इन्जिनियरहरुले उक्त रकेटहरुको विषयमा अनुसन्धान तथा परीक्षण गरिरहेको नासाले बताएको छ । 

सन् २०१४ मा नासाले अन्तरिक्ष विमान निर्माणको लागि बोइङ र स्पेसक्राफ्टलाई संयुक्तरुपमा ६.८ अर्ब डलरको सम्झौता गरेको थियो । नासाले सन् २०११ पछि पहिलोपटक अमेरिकी भमिबाट अमेरिकी रकेटमा आईएसएस जान पाइने भएको बताएको छ । यो रकेटको सफल उडान नासाको लागि महत्वपूर्ण उपलब्धि हुने बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ