arrow

प्रेमि-प्रेमिकासँगको सम्बन्धमा शंका छ ? यस्ता काम हानिकारक

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
boyfriend-and-girlfriend.png

एजेन्सी। एक अध्ययनका अनुसार व्यक्तिको भावनामा रूपमा असर पार्ने यौन  सम्बन्ध  हानिकारक हुने बताइएको छ। भावनात्मक रुपमा कमजोर बनाउने यौन सम्बन्ध महिला र पुरुष दुबैका लागि हानिकारक हुने अध्ययनमा देखिएको हो ।

अध्ययनका अनुसार यदि कुनै पनि व्यक्ति आफ्नो प्रेमि वा प्रेमिकासँग यौन सम्बन्ध राख्छन भने त्यो वैवाहिक सम्बन्ध राख्ने हदसम्म मात्र उपयुक्त हुने छ । प्रेमि र प्रेमिकाबीच भएको यौन क्रियाकलाप सम्बन्ध टुट्ने अवस्थाको लागि भने हानिकारक हुने अध्ययनले बताएको छ।

सो अध्ययनका अनुसार यदि प्रेमि र प्रेमिकाबीचमा सम्बन्ध टुटीहाल्यो भने ति घटनाले दुवै पक्षलाई भावनात्मक रूपमा कमजोर बनाउने अध्ययनको निष्कर्ष छ। यदि तपाइ पनि आफ्नो प्रेमि वा प्रेमिकासँग यौन सम्बन्ध राख्दै हुनुहुन्छ भने विचार पुर्‍याउन पनि अध्ययनका शोधकर्ताहरुले  सुझाव दिएका छन्।

जीन्दगीभर सम्झना भएर रहने त्यस किसिमको यौन सम्बन्ध ब्रेकअपपछि पनि याद आउने कारणले व्यक्तिलाई त्यसले भित्रभित्रै कमजोर बनाउने अध्ययनको निष्कर्ष छ।

शोधकर्ताहरुका अनुसार सम्बन्ध टुटेपछिको एकान्त अवस्थामा त्यस किसिमका व्यक्तिलाई तिनै सम्बन्धको बारेमा मात्र याद आउँछ। जुन उनीहरुकै लागि हानिकारक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ