arrow

यसरी भयो नोकियाको पुनरागमन 

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
nokia.jpg

काठमाडौं । कुनै समय नोकियाका मोबाइलहरुको बजार उल्लेख्य थियो । प्रयोगकर्ताहरुमा पनि यो कम्पनीको राम्रो छाप थियो । बिस्तारै अन्य कम्पनीहरुको चेपुवामा पर्दै जाँदा नोकिया नाम पनि नसुनिने अवस्थामा पुग्यो । 

कम्पनीको लागि यो निकै खराब रहेको कम्पनीका अधिकारीहरु बताउँछन् । विश्व मोबाइल बजारमा राज गरिरहेको कम्पनीको हिस्सा मोबाइल बजारमा शून्यको हाराहारीमा रहनुले कम्पनीलाई समस्यामा पारेको थियो । सो क्रममा कम्पनीका करिब ४३ सय मानिसहरुले रोजगारी गुमाए । 

सन् २००० को दशकमा नोकियाले विश्वको मोबाइल बजारमा करिब ४० प्रतिशतको हिस्सा ओगट्ने गरेको थियो । त्यसयताको १० वर्षमा नोकियाको ह्याण्डसेटको बजार ध्वस्त हुन पुग्यो । यसले कम्पनीको अर्थतन्त्र खराब अवस्थामा पुग्नु स्वाभाविक नै थियो । 

फिनल्याण्डको सहरमा देखिएको ठुलो आर्थिक समस्याको कारण नोकिया कम्पनीको व्यापार पनि केही कमजोर बन्न पुगेको थियो । 
फिनल्याण्डको अौलु सहरमा नोकिया सबैभन्दा ठुलो रोजगारदाता कम्पनी थियो । यस्तोमा केही असुरक्षाका कुराहरु आएको अधिकारीहरु बताउँछन् । यस्तोमा आगामी दिनमा के हुन्छ भन्ने कुराको निक्र्योल लिन नसक्ने अवस्थामा कम्पनी पुगेको थियो । 
त्यसका साथै यो समस्याबाट कसरी पार पाउन सकिन्छ भन्ने विषयमा कम्पनीले निर्णय लिन सकेको थिएन । 

नोकियामा देखिएको त्यस किसिमको समस्याको कारण समग्र सहरको वातावरणमा निराशा छाएको थियो । त्यसपछि केही सकारात्मक सोच भएका मानिसहरु भने ध्वस्त हुनु नै नयाँ योजनाको सुरुवात रहेको भन्दै यसलाई अगाडि बढाउन सकिन्छ भन्ने अवधारणा लिएर आए । उक्त सहर पनि प्रविधिमा ठुलो सफलता हासिल गर्ने योजनामा अघि बढिरहेको थियो । 

जतिबेला विश्वव्यापीरुपमा नै नयाँ प्रविधिको क्षेत्रमा काम गर्ने मानिसहरुको अभाव थियो । यस्तोमा नोकियाले ४ हजार प्रतिस्पर्धीहरु भएको स्थानलाई चयन गर्‍यो । उनीहरु मोबाइल फोनको विकासमा काम गरिरहेका थिए । उनीहरु नोकिया ध्वस्त भइसकेपछि त्यसको प्रयोग अन्य उत्पादनहरुमा पनि गर्न सकिन्छ भनेर मोबाइल विस्तारको क्रममा थिए । 

नोकियाको प्रविधिमा आधारित रहेर पहिरिनसक्ने डिभाइसहरु, मेडिकलका डिभाइसहरु र सवारीका उपकरणहरु निर्माण गरिने गरिएको जानकारहरु बताउँछन् । कुनै समय प्रविधिमा सबैभन्दा अगाडि नाम आउने अौलु सहरका मानिसहरु अझै पनि हामीहरु अगाडि नै छौं भनेर दुनियाँलाई देखाउनका लागि काम गरिरहेका थिए । 

सबैभन्दा महत्वपूर्ण कुरा उक्त सहरका धेरैजसो मानिसहरु निकै सक्रिय थिए । फिनल्याण्डको विश्वविद्यालयले पनि फिनल्याण्डमा विद्यार्थीहरुलाई सहयोग पुग्ने गरी केही अनुसन्धान केन्द्रहरुको पनि स्थापना गर्‍यो । जसको उद्देश्य मानिसहरुको क्षमतामा विस्तार गर्नु रहेको थियो । यसले एकले अर्कोलाई राम्रोसँग चिन्ने र जान्ने मौकाको पनि विस्तार गर्‍यो । औलुमा निजी तथा सार्वजनिक कम्पनीहरुको लगानी विस्तार हुन पुग्यो । साथै नोकिया कम्पनीबाट पनि सहयोग प्राप्त भयो । यसले कर्मचारीहरुलाई पनि नयाँ अवसर प्राप्त भयो । 

अहिले औलु विश्वको प्रविधिको लागि पुनः एक आकर्षक गन्तव्य बन्न पुगेको छ । अहिले यो क्षेत्रमा तीन ५जी नेटवर्कहरु रहेका छन् । जसमा नोकिया कम्पनीको हिस्सा महत्वपूर्ण रहेको छ । साथै नोकिया कम्पनी पनि अहिले विश्व बजारमा आफ्नो गुमेको हिस्सा पुनः फिर्ता ल्याउने दिशामा अघि बढिरहेको छ । नोकियाले यो पुनरागमनबाट अवस्था जतिसुकै प्रतिकूल किन नहोस्, कहिल्यै पनि आफ्नो यात्रा छाड्नु हुँदैन भन्ने कुराको राम्रो पाठ सिकाएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ