arrow

रुकुम पूर्वमा २४ वडा सचिव अपुग

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
rukum_5province_district_map.png

रुकुम पूर्व । रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ । गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन् ।

कतिपय वडामा भने प्रशासन सहायक र कार्यालय सहयोगीले वडा सचिवको काम गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए ।

भूमे गाउँपालिकामा नौ वडामध्ये तीन मात्र वडासचिव छन् भने अन्य वडामा प्रशासन सहायकले काम गरिरहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए ।

पुथा उत्तरगङ्गा गाउँपालिकामा १४ वडामध्ये १४ वडाका सचिवले १० र ११ नं वडामा काम गरिरहेका छन् । अन्य वडामा भने स्वास्थ्यचौकी इञ्चार्जले काम चलाइरहेका छन् । वडा सचिव नहुँदा सेवाग्राही दुई-तीन हिँडेर पनि काम नभई फर्कनुपर्ने स्थिति रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ