arrow

रामवीरलाई वामदेवको स्यावासी : ‘नतमस्तक छु कमरेड रामवीर’

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
bam-ram.jpg

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपाका प्रभावशाली नेता वामदेव गौतमले आफ्नो लागि सांसद रामवीर मानन्धरले गरेको त्यागले आफू नतमस्तक भएको भन्दै स्यावासी दिएका छन् । 

आफ्नो अफिसियल फेसबुक पेजमा उले नतमस्तक भएर स्टाटस लेखेका छन् । रामवीरले गरेको पत्रकार सम्मेलनपछि उनले कृतज्ञतासहितको स्टाटस लेखेका हुन् । सामाजिक सञ्जाल र पार्टीभित्रैबाट खेदो भइरहँदा वामदेवले रामवीरको विचार तथा अभिव्यक्तिले आफ्नो कद अझ उँचो बनाएको भनि लेखेका छन् । 

उनले आफ्नो अफिसियल ‘फेसबुक पेजमा’ ‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उँचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो’ भनेका छन् । 
उनले, ‘भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईंले गरेको त्यागप्रति आँच आउन दिनेछैन । पार्टीको गरिमालाई उँचो राख्न र तपाईंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे–जस्तो दिए पनि जनताको काममा सधैं सँगै रहनेछौं’ समेत लेखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ