arrow

कांग्रेस बैठक स्थगित

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
congress-meeting3.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ ।

बिहिबार असोज २५ गतेका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौँ उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनुपरेकाले स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता विभिन्न जिल्लाका निर्धारित कार्यक्रममा व्यस्त छन् ।

 असोज २५ गतेको बैठकमा छलफल हुने भनिएको नेपाल विद्यार्थी संघको विधानका सम्बन्धमा अब पार्टीले गठन गरेको निर्देशक समितिमा छलफल हुने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ