arrow

जीवजन्तुको हत्या किन गर्नुपर्‍यो आफुमा रहेका अवगुणको वली दिउँ : डा. महत

पशुवली रहित दशै मनाऊ भन्दै राजधानीमा बृहत मोटरसाइकल र्‍याली

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
prakash-sharan-mahata.gif

काठमाडौं ।  श्रीकृष्ण प्रणामी यूवा परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित अहिंसा मय दशै मनाऊ भन्दै बृहत मोटरसाइकल र्‍यालीको आयोजना सम्पन्न भएको छ । उपत्यका का तीनै जिल्ला समेटेर गरिएको उक्त र्‍याली उपत्यका का विभिन्न मठ मन्दिर हुदै जैन मन्दिरमा पुगी समापन समारोह अहिंसा गोस्ठी सहित समपन्न गरिएको थियो ।

 अहिंसा गोष्ठिलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री डा.प्रकाश शरण महतले हत्या,हिंसा, बलत्कार जस्ता सामाजिक विकृती न्युनिकरण गर्न शाकाहारी भोजनको ठुलो महत्व रहने बताए। उनले माहात्मा गान्धिको अहिंसा अभियान सफल हुन पनि शाकाहार जिवनले प्रेरणा दिएको र समाजलाई शान्त,सद्रभाव,प्रेम,दया,करुणा,भाइचारा अभिबृद्धि गर्न शाकाहार ब्यक्तिहरुको योगदान रहने बताए ।

 वलीका नाममा जीवजन्तुको हत्या नगर्नुका साथै आफुमा रहेका काम,क्रोध,लोभ,अहंकार जस्ता अवगुणको वली दिनु उतम हुने डा. महतले बताए।

यसैगरी श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्याम केसीले हिन्दु धर्मका गिता, भागवत,रामायण जस्ता मुल ग्रन्थहरुमा पशुवली गर्नु पर्छ भनि कतै उल्लेख नभएको र मठ मन्दिरमा परंपराका रुपमा निर्दोस पशु हत्या भैरहेको हुदां पवित्र मठ मन्दिरमा अव देखी वलीका नाममा अवोध पशुपन्छिको वली नगरौ भन्ने सबैमा अनुरोध गरेका थिए । उनले देवी माताले आफ्नै सन्तानको रगत न माग्ने हुदां आजैबाट पशु वली त्यागौ भने ।

अर्का बक्ता श्रीकृष्ण प्रणामी यूवा परिषदका अध्यक्ष नवराज ढकाले सार्वजनिक स्थल,मठ मन्दिरहरुमा पशु पन्छिको वली दिनु गलत कार्य हो र वली भनेको आफु भित्रका दुर्गुणहरुको वली दिई देवी माता प्रति समर्पण हुनु नै वास्तविक वली हो भने ।

उनले यूवा परिषद्ले विगत १६ वर्ष देखि पशु पन्छिको वली निषेध र शाकाहारी बनौ भन्ने जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको र यसबाट धरै मठ मन्दिरहरुमा पशु वली गर्न छाडेको जानकारी गराए । उनले पशुवली निषेद र शाकाहारी अभियान सम्बन्धी जनचेतना देशका विभिन्न जिल्लाहरुमा नियमित संचालन हुदै आएको समेत जानकारी दिए ।

यसैगरी जैन परिषदका अध्यक्ष फुल कुमार ले शाकाहारी वली प्रथा विरुद्धमा सबै अहिंसा प्रेमी सस्था संग मिलेर अहिंसा अभियान संचालन गर्ने बताए । सो समारोहमा पुरा तत्व विभागका माहानिर्देशक भेषराज दाहालले सब्य समाजका लागी शाकाहारी आधार हो भन्दै आज विश्वमा शाकाहारी प्रति आकर्षन बड्रदो क्रममा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ