arrow

उच्चस्तरीय अन्तर्राष्ट्रिय संसदीय बैठकमा कांग्रेस नेता रिजालको प्रभावकारी भूमिका

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
rijal3.jpg

काठमाडौँ । इन्डोनेसियाको बालीमा भएको उच्चस्तरीय अन्तर्राष्ट्रिय संसदीय बैठकमा सहभागी भएर कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा मिनेन्द्र रिजाल बुधबार स्वदेश फर्किएका छन्।  विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको आयोजनामा भएको कार्यक्रममा उनले नेपालको मानव पूँजी विकास र दिगो विकासका बारेमा आफ्नो प्रस्तुती दिएका थिए ।
 
दुवै संस्थासँग उनले मानव विकास र दिगो विकासका लागि नेपालमा सहयोग बढाउनेगरी छलफल समेत गरेका थिए ।  बैंकका अध्यक्ष जिम किम र कोषका प्रवन्ध निर्देशक क्रिष्टीन लगार्डसँग उनले भेटेर नेपालमा थप कार्यक्रमहरु लागु गर्न आग्रह गरे । डा. रिजालको आग्रहमा उनिहरुले सकारात्मक जवाफ दिएका छन्।
 
उच्चस्तरीय संसदीय बैठकमा विभिन्न देशका बरिष्ठ सांसदहरुको सहभागीता रहेको थियो । प्रकोपबाट बढी प्रभावित मुलुक इन्डोनेसियामा भएकाले सो बैठकमा प्रकोप व्यवस्थापनका बारेमा पनि धेरै छलफलमा भएको थियो ।

साथै विश्वव्यापी आर्थिक अवस्था, लगानीको वातावरण, मौद्रिक नीति लगायतका विषयमा पनि छलफल भएको डा रिजालले जानकारी दिए।
 
मुद्रा कोषले सोमबार मात्रै बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८)को विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।
 
आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको प्रक्षेपण रहेको छ । अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने कोषले अनुमान गरेको छ ।
 
प्रतिवेदनमा विकासशील अर्थतन्त्र रहेका मुलुकको आर्थिक परिदृश्यमा खासै वृद्धि नहुने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ