arrow

कपास तथा धागो उद्योग सञ्चालनमा आउने 

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
Chakrapani-Khanal-Baldev.jpeg

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले बन्द अवस्थामा रहेका कपास तथा धागो उद्योग सञ्चालनका लागि मन्त्रालयले पहल थालेको बताएका छन् ।

चाडपर्वका अवसरमा यहाँ आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले ती उद्योग खुलाउने विषयमा उद्योग मन्त्रालयसँग पहल थालिएको जानकारी दिए ।

मन्त्री खनालले दुई मन्त्रालय मिलेर एउटा समूह नै निर्माण गरी बन्द उद्योग सञ्चालनका लागि आवश्यक काम शुरु गरिएको बताउँदै महङ्गो भए पनि नेपालमै उत्पादित कपडा पहिलो चरणमा सरकारी कर्मचारी र सुरक्षा निकायबाट प्रयोगमा ल्याइनेछ भने ।

बाँके जिल्लामा रहेको कपास उद्योगलाई राष्ट्रिय कपास समितिका रुपमा विकास गर्ने योजना रहेको बताउँदै उनले यस्ता उद्योग सञ्चालन गर्नसके धेरै युवाले रोजगार पाउने र मुलुकको अर्थतन्त्रमासमेत टेवा पुग्ने विचार व्यक्त गरे । 

मन्त्री खनालले वीरगञ्जको कृषि औजार कारखानासमेत सञ्चालनको पहल थालिएको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ