arrow

योगेश भट्टराईलाई मन्त्री बनाउने अर्को आश्वासन 

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
yogesh-bhattarai.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईलाई मन्त्री बनाउने माहोल बन्दै गएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित एवं पार्टीका नेता भट्टराईलाई निर्वाचनमा नेतृत्वबाट गरिएको प्रतिबद्धतानुसार आफूहरुले मन्त्री बनाउन नभ्याइएको उद्घोष गरे ।  

निर्वाचनमा पार्टीका अध्यक्ष ओलीले सो जिल्लामा पुगी भट्टराईले जितेपछि मन्त्री बनाउने वचन दिएका थिए । अध्यक्ष दाहालले भने, “अध्यक्ष ओलीले दिएको चुनावी भाषण मैले हेरेँ । हामीले अहिलेसम्म योगेशजीलाई मन्त्री बनाउन भ्याएका छैनौँ । एक दिन त्यो वचन पूरा हुनेछ ।” 

पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले भट्टराईलाई मन्त्री बनाउने पूर्ण आश्वासन दिएका हुन् । 

पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट भट्टराईलाई ओलीले मन्त्री बनाउने आश्वासन दिए पनि आफू प्रधानमन्त्री भएपछि भने कुनै वास्ता नै गरेनन् । 

एमालेका पूर्व सचिवसमेत रहेका भट्टराई मिडिया फ्रेन्ड्ली मानिन्छन् । 

स्पष्ट वक्ताका रुपमा देखिएका भट्टराईले पछिल्लो समय ओली नेतृत्वको सरकारको काम कार्वाहीप्रति तीव्र असन्तुष्टि जनाइरहेका छन् भने सरकारको हेराई र प्रधानमन्त्रीलाई सघाउनेहरुलाई ‘दोषी चस्मा’ को संज्ञा दिएका छन् । 

ओली अमेरिका रहेका बेलामा भट्टराई र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारबीच सामाजिक संजाल ‘दोहोरी’ पनि चलेको थियो । 

पार्टीको एक अध्यक्ष ओलीले गत वर्ष नै दिएको आश्वासन फेरि अर्का अध्यक्षले पनि थप्नुले भट्टराई मन्त्री बन्नेमा विश्वस्त हुने आधार त छैन नै उनीमाथि फेरि राजनीति त भइरहेको छैन भन्ने विषय भने उठ्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ