arrow

कांग्रेस महामन्त्री कोइरालाले भने, ' पार्टीलाई एक नम्बरको बनाउन जे गर्न पनि तयार छु '

'केपी सरकार इतिहासकै भ्रष्ट'

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
sasanka.JPG

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई शसक्त र एकढिक्का बनाउन आफू जे पनि गर्न तयार भएको बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नम्वर १मा भएको कार्यक्रममा महामन्त्री कोइरालाले देशभर जहाँ जाँदा पनि कांग्रेसका नेता कार्यकर्ताले अव पार्टीलाई वीपी पुत्रले हाँकोस भन्ने सदिच्छाप्रति आभार व्यक्त गर्दै भने तपाइहरूको साथमाा पार्टीलाई अब्बल बनाउन मेहेनत गर्छु ।

पार्टी कार्यकर्ताहरूसँग दशैं तिहारको शुभकामना आदानप्रदानका लागि आयोजित कार्यक्रममा कोइरालाले नेताहरूले गर्दिन्छन भनेर मुख ताकेर नबस्न कार्यकर्ताहरुसँग आग्रह गरे । उनले प्रत्येक तह र तप्काका नेता कार्यकर्ताहरूलाई सक्रियता देखाउन अपिल गरे ।

वीपी पुत्र भएको आधारमा आफूप्रति देखाइएको विश्वास र भरोसाप्रति कृतज्ञता व्यक्त गर्दै कोइरालाले तर वीपी पुत्रले गरिहाल्छ भनेर कार्यकर्ता साथीहरू निष्क्रिय भए पार्टी बलियो हुन नसक्ने बताए ।

महाधिवेशन अघी पार्टीलाई एक बनाउने र आगामी चुनावमा कांग्रेसलाई एक नम्बरको बनाउने जिम्मेवारी सबैको सामुहिक पहलमा पुरा हुने महामन्त्री कोइरालाले बताए ।

केपी ओली नेतृत्वको सरकारको बारेमा टिप्पणी गर्दै  महामन्त्री कोइरालाले यो इतिहासकै भ्रष्ट सरकार भएको बताए। भ्रष्टाचार संस्थागत ढंगले भएको, कर बढाएर जनतालाई दुरव दिइएको, महंगी रोक्न नसकेको, हत्या र बलात्कारका दोषीलाई कार्वाही गर्न नसकेको ओली सरकारले जनताको पक्षमा काम गर्न नसक्ने कोइरालाले  बताए ।

वाइड वडी विमान खरीद लगायत सरकारका निर्णयमा व्यापक भ्रष्टाचार भएको जनस्तरसम्म व्यापक चर्चा हुँदा पनि मिडियाले खासै नउठाएकोमा गुनासो गरे I पहिला के के काण्ड भनेर लेख्ने मिडियालाई ओली सरकारको पालामा भएको भ्रष्टाचारको बिषयमा कलम चलाउन उनले सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ