arrow

केन्यामा बस दुर्घटना, ५५ को मृत्यु

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
kenya.jpg

काठमाडौं । पश्चिमी केन्यामा बुधबार बस दुर्घटना हुँदा ५५ जना मानिसहरुको ज्यान गएको छ । केन्याको वैलीका प्रान्तीय यातायात अधिकारीले दुर्घटनामा परी ५५ जनाकाे मृत्यु भएको जानकारी दिएका हुन् । 
 
प्रहरीका अनुसार सही समयमा बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा सो दुर्घटना भएको हो । प्रहरीले घटनास्थलमा आफूहरु पुगेर उद्धारको काम सुरु गरेको जानकारी दिएको छ । 

अधिकारीहरुले दिएको जानकारीअनुसार बस केन्याको राजधानी सहरबाट काकामेगा जाने क्रममा रहेको थियो । 

आधिकारिक तथ्यांकअनुसार केन्यामा सडक दुर्घटनाको कारण वार्षिक ३ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनका अनुसार भने यो संख्या १२ हजारसम्म रहने गरेको छ । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ