arrow

नेकपाभित्र भुसको आगो कि महाधिवेशन स्टन्ट ?

दुईबाट एक भएको नेकपा सायद फेरि त्यो बाटोमा....

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ असोज २५ बिहिबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं। दशैंको बेला देशमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ। नेकपाका नेता वामदेव गौतम सांसद बन्नका लागि आतुर देखिन्छन्। उनका लागि ठाउँ खाली गर्न काठमाडौं सातका सांसद रामवीर मानन्धरले राजीनामा गरिसकेका छन्। 

मानन्धरको राजीनामाले सामाजिक सञ्जाल र मिडियामा नयाँ तरङ्ग पैदा गरेको छ। काठमाडौं-७ का मतदाताहरुलाई मानन्धरले धोका दिएको भन्दै नेकपाको आलोचना सुरु भएको छ। उनको यो कदम अलोकतान्त्रिक र अक्षम्य रहेको टिप्पणीहरु सुरु भएको छ । 

बर्दिया क्षेत्र नं १ बाट पराजित भएका वामदेव गौतमलाई किन सांसद हुन पर्‍यो भन्ने प्रश्न चारैतिर बाट उठिरहेको छ। पाँच वर्षका लागि उनलाई जनताले नकारेको अवस्थामा जनताको अभिमतको अपमान गर्ने पार्टी र नेता कसरी लोकतान्त्रिक हुनसक्छ भन्ने अर्को प्रश्न पनि सँगसँगै उठिरहेको छ। 

के नेकपामा अधिनायकवादी चरित्रहरुले साकार रुप लिन खोजिरहेको हो ? दुई-तिहाईको दम्भले नेतृत्वलाई घेर्न शुरु गरिसकेको हो ? केही नेताहरुको स्वार्थकालागि पार्टी भित्र छलफल नगरि निर्णयहरु हुन थाले पछि केन्द्रीय स्तरका नेताहरुले असन्तुष्टी जनाउन थालेका छन्। 

असन्तुष्ट नेताहरु
भुतपूर्व प्रम माधव नेपाल लगायतले नेतृत्वको आलोचना सुरु गरिसकेका छन्। सरकार र पार्टी नेतृत्व मनोमानी ढङ्गले चलेको आरोप लगाउँदै प्रधानमन्त्री केपी ओलीको चर्को विरोध गरेका थिए। 

बहालवाला उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पनि बेला-बेलामा आफ्नो असन्तुष्टि पोखिरहेका छन्। उनले वामदेव गौतमलाई काठमाडौ ७ बाट निर्वाचन उठाउन बहालवाला सांसदलाई राजीनामा गर्न लगाउने पार्टी नेतृत्वको आलोचना गरेका थिए। 

नेकपाका नेता भीम रावलले पनि वामदेव गौतम किन सांसद हुनपर्ने भनी प्रश्न गरकेा छन्। उनले पार्टी चलायमान भएन र १-२ नेताले आफ्नो मनबाट निर्णय गरिरहने हो भने पार्टीको के अर्थ रह्यो र ? पार्टी पद्धतीमा जान पर्ने व्यक्ति पद्धतिमा गएपछि कसैको भलो हुन्न भन्ने आशय व्यक्त गरेका छन् । 

यसैगरि अर्का नेता योगेश भट्टराई पनि नेतृत्व पंक्तिसँगको असन्तुष्टि पोखिरहेका हुन्छन्। उनलाई प्रम केपी ओलीले निर्वाचनअघि मन्त्री बनाउँछु भनेका थिए तर बनाएनन् । यसरी उनी पार्टीमा विद्रोही देखिँदै आएका छन्। 

नेकपाका प्रभावशाली र विद्वान नेता घनश्याम भुषालले पनि पार्टी एवं सरकार नेतृत्वको बारम्बार बिरोध गरिहरेका छन्। उनले सरकारको काम कारबाहीप्रति पनि असन्तुष्टि जनाएर लेखहरु नै लेखेका छन्। 

बामदेव गौतमलाई स्थान छाड्ने रामवीर मानन्धर ओलीका नजिकका पात्रलाई प्रचण्डले नजिक पारेर राजिनामा गर्न लगाएको सार्वजनिक भैसकेको छ। बामदेव र प्रचण्डको जुगलबन्दी केपि ओलीलाई महँगो पर्ने त होईन ? प्रचण्ड पनि ओलिसँग असन्तुष्ट हुँदै गएका हुन् त ? यो प्रश्नको उत्तर पनि चाँडै सार्वजनिक होला । 

भुषको आगो वा महाधिवेशन स्टन्ट

नेकपाभित्रका प्रभावशाली नेताहरुको नेतृत्व र सरकारप्रतिको असन्तुष्टि सही मानेमा हो वा नजिकिँदै गएको महाधिवेशनका लागि आफ्नो पद वा शक्ति प्राप्तिको स्टन्ट मात्र हो ? बिस्तारै खुल्दै जाला । 

राजनीतिमा पोलिटिक्स भन्ने वाक्यांश नेपाली राजनीतिमा चर्चित रहेको छ। त्यसैले महाधिवेशन मार्फत पार्टीमा आफ्नो पकड बलियो पार्न नेताहरुले असन्तुष्टिहरु देखाएर घुर्की लगाउनुलाई खासै अर्थपूर्ण रुपमा हेरिन्न। 

सही मानेमा प्रभावशाली नेताहरुले  पार्टी नेतृत्व र  प्रधानमन्त्रीप्रति असन्तुष्टि देखाएका हुन् भने पार्टीमा गुटबन्दीको स्थिति आउनसक्नेमा शीर्षस्थ नेताहरु सचेत होलान् जुन गुटबन्दीले एक भएको पार्टी पक्का हुनुको सट्टा कमजोर हुने निश्चित छ। 

उक्त असन्तुष्टिहरु सैद्धान्तिक हुन् भने गहन बहस आवश्यक पर्छ । यस्ता बहसहरुले पार्टीलाई बलियो बनाउने सम्भावना धैरै हुन्छ तर बहसहरुलाई सही निष्कर्षमा पुर्‍याउन नेतृत्व असफल भएमा पार्टीले विभाजन देख्ने निश्चित हुन जानेछ । जुन  विभाजन पार्टिमा गुटका रुपमा देखा पर्नेछ र बिस्तारै नयाँ पार्टीका रुपमा देखिन सक्ने छ। 

गुट र उपगुटमा बाँडिदा पार्टी कमजोर हुने र उक्त कुराले कसैलाई फाइदा नगर्ने सबै स्तरका नेता कार्यकर्ताहरुलाई राम्ररी थाहा छ। एमालेले पनि फुटको भयानक प्रभाव देखिसकेको छ भने माओवादीले पनि आफ्नो शक्ति क्षय भएको भोगेको छ। दुईबाट एक भएको नेकपा सायद फेरि त्यो बाटोमा हिँड्ने छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ