arrow

जहाँ डरलाग्दो चट्टानमा १५ सय खुट्किला उक्लेर स्कुल जान्छन् बालबालिका !

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
china--jokhim-children1.jpeg

एजेन्सी । हामीलाई एक देखि दुई घण्टा हिडेर स्कुल जान सहज हुन्छ ? पक्कै सहज हुँदैन । यस्तै, १५ सय खुट्किला उक्लेर स्कुल जानुपर्‍यो भने हाम्रो हालत के होला ? आफैँ कल्पना गर्नुस् ।

तर दक्षिण–पश्चिमी चीनको एक हिमाली गाउँ लियाङसाङमा स्कुले बालबालिका डरलाग्दो चट्टान (ठाडो भीर)मा १५ सय खुट्किला उक्लेर स्कुल जान्छन् ।

निकै अग्लो पहाडमा स्टील पाइपको भर्‍याङ झुण्डाइएको छ । भर्‍याङ उक्लेर माथि पुग्न १५ सय खुट्किला छिचोल्नु पर्छ ।

सो दृश्य गत मे महिनामा पहिलो पटक सार्वजनिक हुँदा लाखौं मानिसहरु आत्तिएका थिए । अहिले त्यहाँका स्थानीयले यात्रालाई कम जोखिमयुक्त बनाउन भर्‍याङमा थप स्टील पाइप जोड्ने तयारी गरेका छन् ।

त्यहाँको स्थानीय सरकारले करिब १ करोड ५० लाख खर्च गरी भर्‍याङमा थप १५ सय स्टील पाइप जडान गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ