arrow

कस्ता वुद्धिमान मेयर : पानीका मुहान सुक्न नदिन कृत्रिम जलाशय निर्माण

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
pokhari.jpg

घाेराही । दाङको घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न स्थानमा १२ भन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएको हो । 

उपमहानगरले अहिले घोराहीको वडा नम्बर १७ को ढिकपुर र गुलरिया, वडा नम्बर १६ को गङ्गटे र ज्यामिरे भन्ने स्थानमा कृत्रिम जलाशय निर्माण गरेको छ ।

यस्तै वडा नम्बर १८ को गिठेपानी, नम्बर वडा १२ को सिस्नेरी, वडा नम्बर १६ को ज्यामिरेमा रहेको थप दुई वटा जलाशय मर्मत गरिरहेको छ ।

घोराही–१७ गुलरियामा रहेको जलाशय, १६ को गङ्गटे, वडा नम्बर १८ को सल्लाघारी, डवरीलगायत स्थानमा रहेको कृत्रिम जलाशयलाई थप निर्माण तथा मर्मत गरी सिँचाइका लागि पानी प्रशस्त बनाइएको छ ।

यी स्थानमा बनाइएको जलाशयमा स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती गरिरहेको उपमहानगरका मेयर नरुलाल चौधरीले बताए । 

गाउँमा रहेका कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस् भनेर कृत्रिम जलाशय निर्माण गरिएको चौधरीले बताए । कृत्रिम जलाशयले पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइको लागि आवश्यक पानीको आपूर्तिमा पनि सहजता भएको उनको भनाई छ ।

घोराही उपमहानगरले आव २०७४/०७५ मा दुई करोड कृत्रिम जलाशयका लागि खर्च गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ