arrow

अाेली सरकारका मन्त्री फेरिँदै, प्रचण्डले बाले हरियाे बत्ती

‘म को–पाइलट होइन, जसलाई मेसो पर्छ उही लिड गर्छौ’ 

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
pmprachandadahal.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले यो बेला सरकारको विकलल्प खोज्ने विषयमा सोच्नु भनेको फेरि अस्थिरता र अराजकता निम्त्याउनु हो भनेका छन् । 

पत्रकारलाई दिएको एक अन्तर्वार्तामा अध्यक्ष दाहालले भनेका छन्, ‘त्यतातिर नजाऔँ । सरकारबाट अपेक्षा अनुसारका केही काम हुन नसकेको साँचो हो । तर, दुई छिमेकीसँगको सम्बन्ध, भएका सम्झौता कार्यान्वयन लगायत धेरै काम भएका छन् ।’ तर, उनले मन्त्रिपरिषदमा केही हेरफेर हुने संकेत गरेका छन् । घुमाउरो ढंगले उनले भने, ‘हामी केही समीक्षा गर्ने तयारीमा छौँ ।’ तर, कहिले भनेर उनले भनेनन् । सरकारकाे काम कारबाहीबारे समीक्षा भए मन्त्रिपरिषदका सदस्य हेरफेर हुने देखिन्छ । 

यो सरकारलाई सफल पार्ने अहिलेको प्रमुख दायित्व हो, उनले भने, ‘विकल्प खोज्ने प्रधानमन्त्रीको, पार्टीको वा सरकारको भन्ने कुरा अहिलेको एजेण्डा नै होइन ।’ 

म को–पाइलट होइन ? दुबै पहिलेकै कप्सेप्ट अनुसार चलिरहेका छौँ 
तत्कालीन एमाले र माओवादी केन्द्र एकिकरणका बेला एकिकृत पार्टीको उडान गर्ने दुई जना पाइलटको कन्सेप्ट अघि सारिएको थियो । तर, अहिले ओली पाइलट र दाहाल को–पाइलटको भूमिकामा देखिएका छन् ।  

यसबारे दाहालले भनेका छन्, ‘एउटा कुरा के हुन्छ भने सरकारको प्रधानमन्त्री भइसकेपछि स्वतः प्रधानमन्त्रीको भूमिका पहिलो नम्बरमा देखिन्छ । तर, हामी पार्टीको बैठक बस्दा, माइनोट लेख्दा, सर्कुलर गर्दा पहिले घोषणा भए अनुसार दुई अध्यक्षको कन्सेप्ट अनुसार नै गर्ने गरेका छौँ ।’ 

सुरुमा पार्टीको अध्यक्षता पालै पालो गर्ने भन्ने थियो । पछि छलफल गरेर संयुक्त अध्यक्षता गर्ने, जसलाई मेसो पर्छ उसैले बैठक सञ्चालन गर्ने यस्तो हुँदै आएको छ, –दाहालले भने । बाहिर देख्दा मात्रै त्यस्तो देखिएको हो, उनले थपे, ‘ भित्र दुबै अध्यक्षको अध्यक्षतामा चल्ने गरेको छ ।’ 

यस्तै, अध्यक्ष दाहालले एकिकृत जनवादी क्रान्ति गर्ने भन्दै हिँडेका नेत्रविक्रम चन्दसँग आफुलाई तुलना नगर्न भनेका छन् । 
उनले भने, ‘संविधानसभाको काम छैन भनेर छोडेर हिँडेकाहरूसँग आफ्नो तुलना नगर्नुस् । हामीले जनयुद्धलाई शान्तिप्रक्रियामार्फत् राजनीतिक रूपान्तरण गरेका हौँ ।’ दाहालले उनीहरुले क्रान्ति गरेर हलचल नै ल्याए आफू पनि पछि लाग्ने बताए । उनले भनेका छन्, ‘उहाँहरूले मलाई बम हान्नुभएकै थियो । ७० को चुनावमा कञ्चनपुरमा म केही सेकेन्डले बाँचेको हुँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ