arrow

अध्ययन भन्छ- अगरबत्तीको धुँवा यतिसम‍म हानिकारक

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
agarbatti1.JPG

काठमाडौं । हिन्दू परम्परामा अगरबत्तीको भूमिका निकै महत्वपूर्ण हुन्छ । कुनै पनि पूजा वा आरधनाको लागि अगरबत्तीको प्रयोग गर्ने गरिन्छ । यद्यपि अगरबत्तीको धुँवा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने एक विवरणले देखाएको छ ।

अगरबत्तीको धुँवा चुरोटभन्दा पनि धेरै हानिकारक हुने गरेको विवरणमा पाइएको हो । सन् २०१५ मा चीनले गरेको अध्ययनको क्रममा अगरबत्तीको धुँवाले मानिसले भित्री कोषमा पुगेर असर पुर्‍याउने गरेको पाइएको थियो ।
 
अध्ययनमा अगरबत्तीको धुँवाले तीन किसिमको हानिकारक रसायनहरु निस्किने र यसले क्यान्सरको जोखिम बढाउने उल्लेख गरिएको छ । साथै यसले अन्य फोक्सोसम्बन्धी समस्याहरु पनि बढाउनसक्ने बताइएको छ ।

 अगरबत्तीको धुँवा आइरहेको स्थानमा एकपटक श्वास लिँदा ६४ किसिमका हानिकारक रसायनहरु मिसिएको अवयव फोक्सोमा पुग्ने अध्ययनले बताएको छ । यसले श्वासप्रश्वासमा अनियमितताका लागि अन्य केही समस्या आउनसक्ने बताइएको छ ।

अगरबत्तीको धुँवा धेरै हानिकारक हुनुमा यसमा प्रयोग गरिएको निकै साना अवयवहरु रहेको बताइएको छ । यस किसिमका अवयवहरु मानिसको शरीरका लागि निकै हानिकारक हुने अध्ययनकर्ताहरुले बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ