arrow

मनाङ पुगेपछि प्रधानमन्त्रीको मनै फुरुङ्ग, ‘ध्यान स्याउतिरै’  

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
oli-manang.JPG

मनाङ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन नारा अघि सारेका प्रधानमन्त्री केपी शर्मा ओलीले मनाङ पुगेर स्याउ फार्मको उद्घाटन गरेका छन् । 

प्रधानमन्त्री ओलीले हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्म उदघाटन गरेका हुन् । 

लटरम्म फलेका स्याउ देख्दा प्रधानमन्त्री ओली निकै उत्साही भए । स्याउका दाना निकैबेर सुमसुम्याए । र, भने, ‘सञ्चारकर्मी साथीहरु, यो सुन्दर प्रयासलाई सबै नेपाली समक्ष पुर्‍याउनु पर्दछ । ता कि यहाँका किसान सफल व्यवसायी र उद्यमी बन्न सकुन् ।’
एग्रो मनाङले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्री ओलीले आधुनिक प्रविधिको प्रयोग गरी कृषिलाई  उद्योगतर्फ लैजान सकिने धारणा राखे । 

यो वर्ष सरकारले स्याउ कृषकका लागि १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको पनि सुनाए । स्याउका विरुवाको माग अत्यधिक रहेकामा त्यसको पूर्तिबारे भने प्रधानमन्त्रीले केही योजना सुनाएनन् । 

एग्रो मनाङले, नेपालमा स्याउको मात्रै करिब १४ अरब रुपैयाँको बजार रहेको जानकारी दियो । जस मध्ये बढी हिस्सा भारतीय स्याउकै छ । एग्रो मनाङका प्रवन्ध निर्देशक युवराज गुरुङले अब यो बजारलाई आफूहरुले उत्पादन गरेको स्याउले हस्तक्षेप गर्ने जिकिर गरे । नेपालमै उत्पादन गरेर नेपाली बजारमा बाहिरी स्याउको बोलबाला अन्त्य गर्न सकिने उनको धारणा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ