arrow

६३ औं नेपाल प्रहरी दिवस : ‘शान्ति सुव्यवस्था विना विकास असम्भव’

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज २५ बिहिबार
police-palpa.jpg

पाल्पा । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले शान्ति सुव्यवस्था विना समाजको विकास असंभव रहने बताएका छन् । प्रजिअ खनालले समाजमा शान्ति सुव्यवस्था र अमन चयन कायम  नभए सम्म विकासले गति लिन नसक्ने भन्दै  समाज र मुलुकको समग्र विकास निर्माणमा शान्ति सुव्यवस्थाले महत्वपूर्ण भूमिका  खेल्ने बताए ।

 विहिबार ६३ औं नेपाल प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पाले आयोजना गरेको कार्यक्रममा प्रजिअ खनालले यस्तो बताएका हुन् । उनले आर्थिक विकासका लागि शान्ति सुरक्षा आवश्यक भएकाले त्यसका  लागि सर्तक रहन प्रहरीलाई आग्रह गरे ।  प्रमुख अतिथिका रुपमा रहेका  प्रजिअ खनालले  जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, घरेलुहिंसा तथा अपराध नियन्त्रणका लागि प्रहरीले देखाएको जागरुकताको प्रशंसा समेत  गरे ।

उनले  समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गरी अपराध नियन्त्रण र सफल अनुसन्धान गर्नु प्रहरीको मूल दायित्व भएको बताए । उनले भने ‘नेपाल प्रहरी जनताको साथी हो, प्रहरी र जनता बीचको सम्बन्ध एक अर्कोका परिपुरक भएकाले प्रहरीले जनतालाई विश्वासमा लिएर काम गर्नु पर्छ । ’ प्रजिअ खनालले  नेपाल प्रहरीले इतिहासको विभिन्न कालखण्डमा आईपरेको चुनौतिहरुको सामना गरेर देश र जनताको सेवा गर्दै आएको पनि उल्लेख गरे । सोही  अवसरमा उनले नेपाल प्रहरीको व्यवसायिक सफलता र समुन्नत भविष्यको कामना  गर्दै नेपाल प्रहरीलाई देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिएु ।

कार्यक्रममा विशिष्ट अतिथि प्रहरी उपरिक्षक विश्वमणि पोखरेलले  सुरक्षा विना समाजमा परिवर्तनको कल्पना गर्न नसकिने बताए । उनले  प्रहरी एक्लैले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएकाले आम नागरिकले आ–आफ्नो क्षेत्रबाट प्रहरीलाई सघाउनुपर्ने धारण व्यक्त गरे ।

 उपरिक्षक पोखरेलले  समाजमा  समय सापेक्षा शान्ति सुव्यवस्था कायम गर्न जिल्लास्थित सुरक्षा निकायहरु  जनतासँग सहकार्य गर्ने बताए । उनले भने ‘जिल्लामा जनमुखी र पादर्शी रुपमा प्रहरीले काम गर्दै आएको छ । ’ कार्यक्रममा भूतपूर्व प्रहरी संगठनका अध्यक्ष रमेश बोहोरा, अमर प्रहरीको तर्फबाट सीता जिसी लगायतले वर्तमान प्रहरी र पूर्व प्रहरी बीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।

 कार्यक्रममा अमर प्रहरीहरुको योगदानको स्मरण गर्दै शोक सलामी  अर्पण गर्दै दिवस मनाइएको छ । कार्यक्रममा पूर्व प्रहरी, प्रहरी अधिकृत, पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रम प्रहरी निरिक्षक अमृत भण्डारीको स्वागत र सञ्चालन प्रहरी जवान रमेश विश्वकर्मले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ