arrow

‘जगदम्बा–श्री र मदन पुरस्कार’ शान्तदास र नीलमलाई प्रदान

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
madan-puraskar.jpg

काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७४ को ‘जगदम्बा–श्री’ र ‘मदन पुरस्कार’ प्रदान गरेको छ । ललितपुरको पाटनढोकामा बिहीबार आयोजना गरेको समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले ती पुरस्कार हस्तान्तरण गरे ।

गुठीले विसं २०७४ को ‘जगदम्बा–श्री पुरस्कार’ बाल साहित्यकार शान्तदास मानन्धरलाई र मदन पुरस्कार ‘योगमाया’ उपन्यासका लागि उपन्यासकार नीलम कार्की निहारिकालाई प्रदान गरेको हो । 

बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धनमा पाँच दशकदेखि मानन्धर समर्पित छन् । पुरस्कार वर्षभरी प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई र जगदम्बा–श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिँदै आएको छ । दुवै पुरस्कारको राशि रु दुई–दुई लाख रहेको छ । 

गुठीका अनुसार विसं २०७४ मा प्रकाशित भएकामध्ये २५३ पुस्तक प्राप्त भएका थिए । त्यसमध्ये ‘कैरुन’, ‘नथिया’,‘पाठशाला’, ‘भुइयाँ’,‘यार’ ‘योगमाया’, ‘लिम्बुनी गाउँ’ र ‘हिमाली दर्शन’ अन्तिम आठमा परेका थिए । 

विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक विसं २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो । 

विसं २०४५ मा जगदम्बा रानीको निधनपछि उनको सम्झनास्वरुप जगदम्बा श्री पुरस्कारको स्थापना गरिएको हो । यस वर्षको पुरस्कारको घोषणा गत भदौ ११ गते गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ