arrow

कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरे : गच्छदार

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
Bijay-Gachhadar-news-a.jpeg

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले नेपाली कांग्रेसभित्र रहेको गुटउपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गरेका छन् ।

नेता गच्छदारले कांग्रेसको आन्तरिक विवादको कारण बस्न नसकेको केन्द्रीय समितिका कारण नेपाल लोकतान्त्रिक फोरमको समायोजन रोकिएको बताउँदै दशैँपछि बस्ने समितिको पहिलो बैठकको कार्यसूचीनै लोकतान्त्रिक फोरमको समायोजनको निर्णय हुने जानकारी दिए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताए।  मुलुकलाई खण्डित बनाई रज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पुर्‍याउनेलाई कारबाही गर्नु सरकारको दायित्व रहेको प्रष्ट पारे।

 उनले  संविधान कुनै धार्मिकग्रन्थ नभएको बताउँदै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेता गच्छदारले रेशम चौधरी अन्यायमा परेको र अदालतबाट छिट्टै मुद्दा फैसला भई सबै कुरा समाधान हुने विश्वास व्यक्त गरे । उनले विगतको निर्वाचनमा कांग्रेसको पराजयको भागीदारी सभापतिसहित सम्पूर्ण केन्द्रीय समिति रहेको बताउँदै एक जनालाई मात्र दोषी ठहर्‍याउनु गलत भएको विचार व्यक्त गरे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ