arrow

न्यायालयका दुराचारी यी हुन्

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
sarbocha-adalat-800x500_c.jpg.jpeg
काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानविन हुने भएको छ। 
 
महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात गरेको घटना सार्वजनिक भएपछि उनीहरुमाथि छानविन हुन लागेको हो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरुलाई सोमबार सर्वोच्चमा बोलाएका छन्।
 
‘घटनामाथि सार्वजनिक टिप्पणीसमेत उठिसकेपछि यसबारे छानबिन हुन लागेको हो’ सर्वोच्चको उच्च स्रोतले भन्यो ,‘समग्र न्यायसेवामै र न्यायाधीशको गरिमामै प्रश्न खडा भएकाले छानबिन र दोषी ठहरिएमा कारबाही गर्न सम्माननीयज्यूले तत्परता देखाउनु भएको हो ।’
 
महोत्तरीको एक होटलमा न्यायाधीशद्वयले रक्सीले मातिएका अवस्थामा एक महिलामाथि आइतबार हातपात गरेको अभियोग लागेको छ । बास्तोलाले महिलालाई पाखुरामा समातेर अभद्र भाषामा होटलको कोठामा लैजान खोजेपछि उनी चिच्याएको स्थानीय वासिन्दाले प्रहरीमा बयान गरेका छन् ।
 
महिला कराएपछि न्यायाधीश भाग्न खोज्दै कारमा चढेका थिए । कान्तिपुर दैनिकमा समाचार छ - स्थानीय बासिन्दा र पीडितका आफन्तले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइदिएका थिए । तर प्रहरीले पक्राउ गर्नुका बदला न्यायाधीशलाई उम्काउने काम गरेको पीडित पक्षको दाबी छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ