arrow

नवरात्रमा कस्तो मन्त्रद्वारा विद्यार्थीले नवदूर्गाको पूजा गर्ने ? 

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
maa-navdurga.jpg

काठमाडौं। नवरात्रिमा अन्य देवीहरुका साथै श्री महाकाली शक्ति एवं स्वास्थ्य, माता सरस्वती विद्या एवं बुद्धि एवं महालक्ष्मी अष्टलक्ष्मी प्रदान गर्ने देवी हुन्। यिनैदेवीहरु मध्ये नवरात्रिमा विद्यार्थीहरुले माता सरस्वतीको विशेष पूजा गर्नुपर्दछ। तल उल्लिखित धेरै मन्त्रहरु मध्ये आफ्नो रुचीका अनुसार एउटा कुनै मन्त्रको प्रयोग गर्नुहोस्। नवरात्रमा माता सरस्वतीको चित्र स्वेत वस्त्रमा स्थापित गरेर पूजन गर्नुहोस्। 

नैवेद्यमा दूधले बनेको मिठाईको भोग लगाउनु पर्दछ। अन्तमा क्षमा प्रर्थनाको लागि दूर्गा माताको आरती गर्नुपर्दछ। 

१ 'ॐ ऐं नमस्' नित्य स्फटिकको मालाले २१(५१(१०१ माला जप गर्नुहोस्।
२‍‍‍‍ 'ॐ ऐं वद वद वाग्वादिनी स्वाहा' भनी जति सकिन्छ माला जप गर्नुहोस्।
३‍‍‍ 'ॐ ह्रीं श्रीं ऐं वाग्वादिनी भगवति अर्हन्मुख निवासिनी सरस्वति मासस्ये प्रकाश कुरु कुरु ऐं नमस्' को ११ माला नित्य जप गर्नुहोस्। यसका लागि प्रातस् अथवा अर्द्धरात्रि शुभ हुन्छ।
४ 'ॐ ऐं सरस्वत्यै नमस्' को ५१ माला नवरात्रमा नित्य जप गर्नुहोस्।
५  'ॐ ऐं नमस् भगवति वद वद वाग्दे‍वि स्वाहा' को ५१ माला नवरात्रमा नित्य जप गर्नुहोस्।

उपरोक्त प्रयोग श्रद्धा तथा विश्वासका साथ गर्नुहोस्। नवरात्रपछि नित्य एक माला पूर्णिमासम्म जप गर्नुहोस्। यसका अलावा गणपति अर्थात् गणेशको पनि साधना गर्नु उपयुक्त हुन्छ। ज्ञान र बुद्धि प्राप्तीका लागि गणेशको मन्त्र उपयुक्त र सरल उपाय मानिन्छ। श्री गणेशको साधना गर्दा निम्न मन्त्रहरुको प्रयोग गर्नुहोस्।

१ 'ॐ गं गणपतये नमस्' को २१ माला नित्य साधना गर्नुहोस्।
२ 'ॐ वक्रतुण्डाय हूं' को २१  माला नित्य साधना गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ