arrow

चल्न थाल्यो युट्युव

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
YouTube_logo.jpg

काठमाडौं। भिडियो सेयरिङ प्लेटफर्म युट्युव चल्न थालेको छ । संसारमै दोस्रो धेरै प्रयोगकर्ता भएको युट्युवमा बुधवार बिहान समस्या देखिएको थियो । 

प्राविधिक गडबडीका कारण युट्युबमा आएको समस्या सुल्झाइ सकिएको गुगलले जनाएको छ। बिहानैदेखि युट्युब अवरुद्ध हुँदा केही घण्टा विश्वभरका करोडौं प्रयोगकर्ता प्रभावित भएका थिए ।

संसारभरका प्रयोगकर्ताहरुले अचानक युट्युवमा समस्या आएपछि के भएको भन्दै युट्युवलाई प्रश्न गरेका थिए। 

युट्युव डाउन भएको जानकारी सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले लेखेका थिए। युट्युवले आफ्नो ट्वीटर ह्याण्डलबाट युट्युवका बारेमा गरिएको रिपोर्टका लागि धन्यवाद दिँदै आफूहरु समस्या समाधामा लागिपरेको बताएको थियो। केहि समय सेवा अवरुद्ध हुन पुगेकोमा युट्युवले क्षमा याचना पनि गरेको थियो ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको छ। हालैका महिनामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सञ्जालको पनि  सेवा अवरुद्ध भएको छ। 

यो समाचार पनि पढ्नुस् थाहा पाउनुभयो युट्युव डाउन भएको?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ