arrow

सामसुङ ग्यालेक्सी नोट ९ को आईफोनमा नभएका विशेषताहरु 

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
note_9.png

काठमाडौं । विश्व स्मार्टफोन बजारमा सबैभन्दा अगाडि रहेका कम्पनीहरु हुन् – सामसुङ र एप्पल । उनीहरुको बीचमा स्मार्टफोनको व्यापार तथा त्यसको फिचर्सहरुको विषयमा व्यापक प्रतिस्पर्धा हुने गरेको छ । यस्तोमा सामसुङको पछिल्लो स्मार्टफोन सामसुङ ग्यालेक्सी नोट ९ बजारमा आउँदा एप्पलले पनि केही समयअघि आफ्ना नयाँ तीन स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको छ । 

एन्ड्रोइड भर्सनको नोट ९ मा केही यस्ता विशेषताहरु पनि रहेका छन्, जुन आईफोनमा छैन – 

१. आईफोनभन्दा छिटो 

क्वालकोमका ८४५ मा चल्ने ग्यालेक्सी नोट ९ आईफोन एक्स तथा नयाँ आईफोन एक्सएसम्याक्सभन्दा छिटो चल्नसक्छ । यसमा २.८ गिगाहर्जको प्रोपोसर रहेको छ जबकी आईफोन एक्समा २.३९ गिगाहर्ज तथा आईफोन एक्सएस म्याक्समा २.५ गिगाहर्जको प्रोसेसर रहेको छ । ग्यालेक्सी नोट ९ मा ‘बिस्ट’ मोड रहेको छ, जसले स्मार्टफोनलाई निकै छिटै चल्नका लागि सहयोग गर्छ । यसले कुनै पनि एपहरु छिटै खुल्नका लागि सहयोग गर्छ ।

२. पूरा होम स्क्रिनको भिडियो 

नोट ९ को अर्को महत्वपूर्ण फिचर्स यसमा रहेको पूरा स्क्रिनको भिडियो हेर्न सकिन्छ । यो पनि नोट ९ को एक महत्वपूर्ण फिचर्स हो । यसमा आफ्नो वालपेपर राख्दा पूरा स्क्रिनमा भिडियो तथा फोटो देख्न सकिन्छ, जुन सुविधा आईफोनमा प्रयोग गर्न सकिँदैन । 

३. एकैपटक दुई ब्लुटुथ हेडफोनको प्रयोग गर्न सकिने 

सामसुङ ग्यालेक्सी नोट ९ को हेडफोन पनि निकै आकर्षक रहेको छ । यसमा दुई सेटहरुको प्रयोग गर्न सकिन्छ । यसले दुई जनाले ब्लुटुथ हेडफोन लगाएर स्मार्टफोनको भिडियो हेर्न सकिन्छ । नोट ९ मा हेडफोनको ब्याट्रिको विवरण पनि थापा पाउन सकिन्छ । हेडफोनको ब्याट्रि १० प्रतिशत मात्र बाँकी भएको अवस्थाान स्मार्टफोनले अलर्ट दिन्छ । 

४. अाउँदो मिति राखेर म्यासेज पठाउन सकिने 

ग्यालेक्सी नोट ९ मा आफूले चाहेको समयमा म्यासेज पठाउनका लागि पहिला नै सेट गरेर राख्नसकिने फिचर्स रहेको छ । यसमा एस पेनको सहायताबाट हातले नै लेखेर टेक्स्टमा कन्भर्ट गर्नसक्ने व्यवस्था रहेको छ । कुनै समयका लागि आफूले बिर्सनसक्ने तर पठाउन अनिवार्यजस्तै हुने म्यासेजहरु अगाडि नै सेट गरेर राख्न सकिन्छ । 

५. पञ्जा लगाएर पनि स्मार्टफोन चलाउन सकिने 

नोट ९ लाई पञ्जा लगाएर पनि चलाउन सकिन्छ । ‘ग्लोल्भ्स मोड’मा राखेर स्मार्टफोन चलाउँदा यसको सेन्सिटिभिटी बढ्न जान्छ र पञ्जा लगाउँदा पनि समान्य हिसाबमा स्मार्टफोन चलाउन सकिन्छ । यो निकै महत्पूर्ण फिचर्स हो । आईफोनमा भने यो फिचर्सका लागि सबैभन्दा पहिले टच आईडी हुनु जरुरी हुन्छ । 

६. स्मार्ट लकको प्रयोग 

नोट ९ मा रहेको स्मार्टलकको प्रयोग गरी स्मार्टफोनको लक पनि आफ्नो सुविधा अनुसारको बनाउन सकिन्छ । यसको प्रयोगबाट आफ्नो साथमा स्मार्टफोन भएको अवस्थामा आफैं अनलक हुने व्यवस्था गर्न सकिन्छ । त्यसका साथै आफ्नो सबैभन्दा धेरै विश्वासिलो स्थानमा पनि आफैं अनलक हुने व्यवस्था गर्न सकिन्छ । साथै दोस्रो व्यक्तिले स्मार्टफोनको प्रयोग गर्दा भने यो स्मार्टफोनमा निकै ठुलो सुरक्षाको दायरा पार गर्नुपर्ने हुन्छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ