arrow

छ ओटा क्यामेराको भएको ‘अनर म्याजिक २’ आउँदै

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
Honor-Magic-2.jpg

काठमाडौं । हुवावे कम्पनीको सब–ब्राण्ड कम्पनी अनरले ३१ अक्टोबरमा आफ्नो नयाँ स्मार्टफोन ‘अनर म्याजिक २’ सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले ल्याउन लागेको नयाँ स्मार्टफोनमा छ ओटा क्यामरा रहनसक्ने बताइएको छ । स्मार्टफोनको फ्रन्ट र रेयर दुवैतर्फ ट्रिपल क्यामेराको सेटअप हुनसक्ने अनुमान गरिएको हो । 

विवरणमा बताइएअनुसार यसको फ्रन्टमा (१६+२४+१६)मेगापिक्सलको रेयर क्यामेरा रहनेछ भने (१६+२०+२) मेगापिक्सलको फ्रन्ट क्यामेरा रहनसक्ने बताइएको छ । 

अनर म्याजिक २ मा किरिन ९८० प्रोसेसरको प्रयोग गरिएको छ  भने यसले फास्ट चार्जिङ पनि सपोर्ट गर्नसक्ने बताइएको छ । साथै यसमा भर्चुअल एसिस्टेन्ट पनि हुनसक्ने बताइएको छ । चिनियाँ वेबसाइट टेनाले नयाँ स्मार्टफोनको तस्बिर सार्वजनिक गरेको हो । 

यसमा ६.३९ इन्चको एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ । यसको रेजुलोसन १०८०×२३४० पिक्सेल रहेको छ । यसमा ८ जीबी र्‍यामका साथै १२८ जीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ । यो स्मार्टफोनमा ३४०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ