arrow

'प्रयोगकर्ताका निजी विवरण चोरिरहेछन् ९० प्रतिशत एन्ड्रोइड एपहरु'

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
google_play.jpg

काठमाडौं । इन्टरनेट र स्मार्टफोनहरुको विषयमा प्रयोगकर्ताहरुको विवरण चोरी गरेको विषयमा धेरै सुन्न पाइन्छ । यस्तोमा प्रयोगकर्ताहरुको विवरणको गलत प्रयोगको समाचारहरु पनि आउने गरेका छन् । अहिले पनि प्रयोगकर्ताहरुको अनुमति विना उनीहरुको विवरणहरु विवरण हासिल गर्ने मामिलामा प्रविधि कम्पनीहरु यसअघि पनि अनुसन्धानको घेरामा रहेका छन् । 

अहिले सार्वजनिक भएको एक विवरणमा भने तपाइँको स्मार्टफोनमा भएको सबै एपहरुमध्ये ८८ प्रतिशतले निजी विवरणहरु चोरी गरिरहेको पाइएको छ । गुगलको एप स्टोरमा रहेका उक्त एप्सहरुले अन्य समाजिक सञ्जालहरुमा मानिसहरुको विवरणहरु सार्वजनिक पनि गर्ने गरेको देखिएको छ । 

गुगलले यस किसिमका विवरणहरुको अनलाइन विज्ञापन तथा राजस्वको लागि प्रयोग गर्ने गरेको छ । अक्सफोर्ड युनिभर्सिटिले हालै ९ लाख ५९ हजार एपहरुमा गरिएको अध्ययनको क्रममा यस्तो पाइएको हो । यसमध्ये धेरै एपहरु अन्तर्राष्ट्रिय कम्पनीहरुसँग पनि विवरणहरु साटासाट गर्ने गरेको विवरणमा उल्लेख गरिएको छ । 

अनुसन्धानमा १० प्रतिशत एपहरुले एकैपटक २०/२० कम्पनीहरुको साथमा प्रयोगकर्ताहरुको विवरण सार्वजनिक गरिरहेको खुलेको छ । जसमध्ये ९० प्रतिशत एपहरुले गुगलको माउ कम्पनी अल्फाबेटसँग प्रयोगकर्ताहरुको विवरण साझेदारी गर्ने गरेका छन् । 

यसका साथै विवरणमा करिब ४३ प्रतिशत फेसबुक, ३४ प्रतिशत ट्वीटर, २१३ प्रतिशत माइक्रोसफ्ट र १८ प्रतिशत विवरणहरु अमेजनसँग सेयर हुने गरेको पाइएको छ । सेयर गरिएका विवरणहरुमा प्रयोगकर्ताको आयु, फोनको प्रकार, लिङ्ग र अन्य विवरणहरु रहने गरेको बताइएको छ । 

गुगलले भने अनुसन्धान गर्ने मानिसहरु भ्रममा परेको कारण यस किसिमको विवरण सार्वजनिक भएको तर वास्तवमा  प्रयोगकर्ताहरुको विवरण गोप्य नै राखिएको दाबी गरेको छ । कुनै पनि एपले नियम पालना नगरेको खण्डमा उनीहरुलाई तत्काल कारबाही गरिने गरिएको गुगलले बताएको छ । 

सोचनीय विषय सो छ कि सामाजिक नेटवर्किङ वेबसाइटमा र अनलाइन सपिङमा यस किसिमका विवरणहरु निकै महत्वपूर्ण हुन्छन् । लक्षित समुहलाई विज्ञापन पुर्‍याउन यस्ता विवरणहरु प्रयोग गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ