arrow

संघीयता सरकारकै कारण धरापमा : निधि

logo
प्रकाशित २०७५ कार्तिक १० शनिबार
bimalendra_nidhi_final.jpg

काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकार अथवा सत्तामा बसेका दलबाट संघीयता धरापमा पार्ने काम हुन नहुने बताएका छन् । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा आयोजना गरेको चियापानमा सरिक उपसभापति निधिले सरकारले समयमै बनाउनु पर्ने संघीय कानून बनाउन नसक्नु दुर्भाग्य हो भने । 

पत्रकारसँग उनले भने, ‘संघीय कानूनहरु तत्काल बनाउनु पर्ने छ । तत्कालै बनाउनु पर्ने कानुन बनाएन । शुभकामना आदान प्रदान  तथा चियापान  कार्यक्रममा सरिक भएकाले म आलोचना भन्दा पनि शुभकामना मात्रै दिउँ । जति ढिलो भयो भये, अब संघीयतालाई कार्यान्वयन गर्नतिर जानुस् र संघीयतालाई धरापमा नपार्नुस् भन्छु म ।’ 

चियापानको सन्देश
नेता निधिले जनताबाट पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले उ बेला सुरु गरेको चियापान अहिले पनि आपसी मेलमिलापका लागि सान्दर्भिक रहेको बताए । उनले भने, ‘हिजो पञ्चायती व्यवस्थामा मान्छेहरु एक अर्कासँग भेट्न ठराउँथे । बीपीले सबै क्षेत्रका मान्छेहरुको भेटघाटको अवसर जुराइदिनु भयो, चियापानको परम्परा सुरु गरेर । त्यो अहिले पनि चलिरहेको छ । चियापानले शासक र जनताबीचको दूरी मात्रै घटाउँदैन । सबैलाई एक पटक मेलमिलापको लागि प्रेरित गर्छ , निधिले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ