arrow

पहिलो चिनियाँ रकेटको परीक्षण असफल

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
chinesse_rocket.png

काठमाडौं । चिनियाँ निजी कम्पनीको आफ्नै रकेट अन्तरिक्षमा पठाउने पहिलो प्रयास असफल भएको छ । शनिबार चिनियाँ कम्पनी ल्याण्डस्केपले अन्तरिक्षका लागि आफ्नो रकेट प्रक्षेपण गरेको हो । जेब्यु–१ नाम दिइएको सो रकेट तीन महत्वपूर्ण चरणमध्ये अन्तिम चरणमा असफल देखिएको हो । 

यो रकेट चिनियाँ कम्पनीले निर्माण गरेको पहिलो ३ चरणको रकेट हो । चिनियाँ सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको भिडियोमा १९ मिटर लामो रोतो र सेतो मिसिएको रकेट प्रक्षेपण गरिएको थियो । 

चिनियाँ कम्पनी ल्याण्डस्केपले दोस्रो चरणसम्म रकेट राम्रैसँग अघि बढिरहेको तर अन्तिम चरणमा समस्या देखिएको बताएको हो । यद्यपि यस विषयमा अन्य कुनै विवरण भने दिइएको छैन । 

समाचारमा बताइएअनुसार उक्त रकेटले चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका लागि स्याटेलाइट बोकेको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ