arrow

कतारमा राष्ट्रपति भण्डारीको विशेष आतिथ्य, पहिलो भ्रमण ‘बलद्ना फुडइन्डष्ट्रिज’ मा

logo
दीपेन्द्र अधिकारी
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
vidya-qatar.jpg

कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छिन् । 

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गरेका हुन् । 

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् । 

यसअघि राष्ट्रपति भण्डारीले सोमबारै दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भ्रमण गरेकी थिइन् । 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ