arrow

छिमेकीकी पत्नीसंग सल्किनेको भयो विजोग

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
sexual-abuse.JPG

महोत्तरी । छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिका—१ का एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । 

स्थानीय दीलिप मण्डललाई पाँच सयको संख्यामा उपस्थित भएका गाउँलेले कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाउँदै गाउँ घुमाएका हुन् ।

एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीका अनुसार उनले छिमेकी महिलासँग अनैतिक सम्बध राखेका थिए । 

पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको उनले बताए । 

घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा  चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो । 

गाउँपालिकाका अध्यक्ष रामछविला साहले महिला गर्भवती रहेको बताए । (अन्नपूर्ण पोष्टबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ