arrow

टर्कीले बनाउँदैछ विश्वकै सबैभन्दा ठुलो विमानस्थल (भिडियो)

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
istambul-airport.jpeg

काठमाडौं । टर्कीको सबैभन्दा ठुलो सहर इस्तानबुलमा भव्य विमानस्थलको सोमबार उद्घाटन गरिएको छ । पहिलो चरणको निर्माण सकिएको यो विमानस्थले निर्माण कार्य पूर्णरुपमा सकिएसँगै यो विश्वको सबैभन्दा ठुलो विमानस्थल बन्नेछ ।

सोमबार टर्कीका राष्ट्रपति रिसेप टेइप एर्दोगानले विमानस्थलको पहिलो चरणको उद्घाटन गरेका हुन् । यो विमानस्थलको पूर्ण निर्माण अबको १० वर्षभित्रसम्पन्न हुने अनुमान गरिएको छ । 

​2028 में होगा तैयार

पहिलो चरणमा वार्षिकरुपमा यहाँबाट नौ करोड मानिसहरुले यात्रा गर्नेछन् । आयोजना पूरा भएसँगै यहाँबाट करिब २० करोड मानिसहरुले विश्वका विभिन्न स्थानहरुको लागि भ्रण गर्न सक्नेछन् । २०१८ को अन्तिमसम्ममा यो विमानस्थलबाट ३५० स्थानका लागि २ हजारभन्दा बढी उडानहरु हुने अनुमान गरिएको छ । 

​20 करोड़ लोग भरेंगे उड़ान

अहिलेसम्म विश्वको सबैभन्दा व्यस्त विमानस्थलको रुपमा अमेरिकाको अटलांटा एयरपोर्ट रहेको छ । यो विमानस्थलबाट प्रतिवर्ष १० करोड ४० लाख मानिसहरुले यात्रा गर्दै आएका छन् । 

दोस्रो स्थानमा चीनको बेइजिङको विमानस्थल रहेको छ, जहाँ ९ करोड ५७ मानिसहरुले यात्रा गर्ने गर्छन् । त्यसपछि दुबई, टोकियो, लसएन्जल्सका विमानस्थलहरु सबैभन्दा व्यस्त विमानस्थलको रुपमा रहने गरेका छन् । 

​अटलांटा एयरपोर्ट

अहिले निर्माण हुन लागेको यो विमानस्थल करिब ७ करोड ६५ लाख वर्ग किलोमिटरमा बन्नेछ । समाचारमा दाबी गरिएअनुसार यो विमानस्थलमा करिब ७० हजार कारुहरु पार्किङ गर्ने स्थान पनि हुनेछ । यो विमानस्थलको पहिलो चरणमा ७ अर्ब अमेरिकी डलर खर्च भएको थियो । 

​अन्य व्यस्त एयरपोर्ट

सोमबारदेखि यो विमानस्थलको २ रनवे सुचारु भएका छन्, जसको लम्बाई ३७५० र ४१०० मिटर रहेको छ । विश्वको सबैभन्दा व्यस्त एयरपोर्ट हुनुका साथै यो एक सुन्दर विमानस्थल पनि हुने बताइएको छ । 

क्षेत्रफल

​खर्च

​भव्य एयरपोर्ट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ