arrow

कहाँ पुग्यो नासाको ‘सूर्य छुने रकेट’ ?

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
nasa.jpg

काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा)ले केही समयअघि सूर्यको निकै नजिक पुग्नसक्ने ‘पर्कर सोलार प्रोब’ रकेट पठाएको थियो । सूर्यको सबैभन्दा नजिक पुर्‍याउने योजनाका साथमा ल्याइएको यो रकेट अहिले यसअघिका कीर्तिमानहरु तोड्दै अघि बढिरहेको छ । 

सोमबार नासाको सो रकेट सूर्यभन्दा २ करोड ६५ लाख माइल टाढाको विन्दुमा पुगेको हो । यससँगै यो रकेट सूर्यको सबैभन्दा नजिक पुग्ने अहिलेसम्मको कीर्तिमानको सबैभन्दा नजिक पुगेको छ । यसअघि सन् १९७६ मा जर्मन रकेट हेलिओस २ ले कायम गरेको कीर्तिमाननजिक सो  रकेट पुगेको हो । 

लगातार अघि बढिरहेको पर्कर सोलार प्रोबले यसअघिका कीर्तिमानहरु पार गर्दै जाने क्रममा सन् २०२४ सम्ममा सूर्यको सतहबाट ३८ लाख ३० हजार माइल मात्र टाढा पुग्नेछ । यो रकेट पृथ्वीबाट प्रक्षेपण गरिएको ७८ दिनमा नै सूर्यको अहिलेसम्मकै सबैभन्दा नजिक पुग्नु खुसीको कुरा रहेको नासाका अधिकारीहरुले बताएका छन् । 

नासाको यो रकेटको गति चार लाख ३० हजार मिटर प्रतिघण्टा अर्थात् १२५ माइल प्रतिसेकेण्डको रहनेछ। यो अहिलेसम्मकै सबैभन्दा छिटो रकेटमध्येको एक हो।

नोभेम्बर ५ सम्मका पर्कर सोलार प्रोबले सूर्यको सबैभन्दा नजिक पुग्ने कीर्तिमान कायम गर्नेछ । यस महिनाको सुरुवातमा यसले शुक्र ग्रहलाई पार गरेको थियो । शुक्रभन्दा १५ सय माइल टाढाबाट यो रकेट पार भएको थियो । 

नासाको सो रकेट सूर्यको कोरोनाभ भागसम्म पुग्नेछ। त्यहाँसम्मको यात्रामा यो रकेट सौर्य आँधीको निकै नजिक पुगिसकेको हुनेछ। सौर्य आँधी निकै तीव्र हुने अनुमान गरिन्छ। जसका लागि यो रकेटको माध्यमबाट त्यहाँको विद्युतीय र चुम्बकीय क्षेत्रको विषयमा सूचनाहरु हासिल गर्ने अनुमान गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ