arrow

भ्रष्टाचारसम्बन्धी खड्काको ‘नेपालः करप्सन कोनुन्ड्रम’

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
Corruption.jpeg

काठमाडौँ । भ्रष्टाचार विरोधी अभियानमा संलग्न पत्रकार केदार खड्काको ‘नेपालः करप्सन कोनुन्ड्रम’ (नेपालः भ्रष्टाचारको समस्या) अनुसन्धानमूलक पुस्तक प्रकाशित भएको छ ।

नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता मात्रै नभई भ्रष्टाचारविरुद्धका कानूनी तथा संस्थागत संरचनामा नै कमजोरी रहेको उजागर गरिएको उक्त पुस्तक यूरेका प्रकाशनले बजारमा ल्याएको हो ।

लेखकले नेपालमा पहिलोपटक सन् १८५४ को मुलुकी ऐनदेखि हालसम्म भ्रष्टाचार रोक्न भए गरेका कानूनी तथा संस्थागत प्रयासका बारेमा विश्लेषण गरिएको छ ।

नेपालमा १९ वटा भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने संस्था, तिनको प्रभावकारिता तथा त्यस्ता संस्थाको अन्यौलतापूर्ण भूमिकालाई केलाउँदै राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय अभ्याससँग दाँजेर लेखकले लेखेका छन् ।

पुस्तकमा भ्रष्टाचारविरुद्ध समस्या केलाइ नीतिगत तथा संस्थागत सुधारका लागि सुझावसमेत दिइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ