arrow

गलकोट महोत्सवमा करिब ३५ लाख बरावरको कारोवार

logo
कौरव खत्री,
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
mahosb.jpg

गुल्मी । बाग्लुङ्गको गलकोटमा सञ्चालन भएको प्रथम गलकोट महोत्सवमा आर्थिक कारोवार वृद्धि हुदै गएको छ ।

महोत्सवमा राखिएका विभिन्न स्टल तथा जाडोका न्यानो कपडा,झुला झुलापिङ्ग,बाल मनोरञ्जन, टिकट,होटल व्यवसाय लगायतबाट गरि  पाँचौ दिनसम्म झण्डै ३५ लाख बरावरको कारोवार भएको बाग्लुङ्ग उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आर्गनिक खाना,लोक संस्कृति तथा खेलकुद हेलिकप्टरबाट गलकोट क्षेत्रको दृश्य अवलोकन,जल साहसिक खेल क्यानोइङ्ग लगायत महोत्सवका मूख्य आकर्षण रहेको उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष  श्रेष्ठले जानकारी दिए ।

महोत्सवको पाँचौ दिन पनि राष्ट्रिय कलाकार थानेश्वर गौतम,ज्योति मगर,हस्यकलाकार पुर्षोतम भण्डारी पुर्खेबा स्थानीय कलाकारहरु लगायतको समेत साँस्कृतिक प्रस्तुती रहेको थियो ।

प्रथम गलकोट महोत्सव १८ गतेसम्म सञ्चालन हुने छ भने महोत्सवले ओझेल परेका कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गदै गलकोट क्षेत्रको कला संस्कृतिको संरक्षण,कृषि,पर्यटन,उद्योग तथा व्यापारको प्रवद्र्धन र वृद्धि विकासमा थप बल पुर्‍याउने इकाईका अध्यक्ष  श्रेष्ठले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ