arrow

खानेपानी किन्नु पर्ने वाध्यतावाट मुक्ति पाउँदै पकरपवास र भिरपानीका उपभोक्ता

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
Ramechhap-hamrakura.jpg.jpeg

रामेछाप ।  वर्षौदेखी खानेपानीको अभावसंगै पानी किन्दै आएका जिल्लाका साविकको पकरवास र भिरपानी गाउँविकास समितिका उपभोक्ताहरु पानी किन्नु पर्ने समस्यावाट मुक्त भएका छन् । खडेरीसंगै पानीका मुहान सुकेपछि दैनिक रुपमा ट्याँकरको  पानी प्रयोग गर्दै आएका उनिहरु गाउँमा परिक्षण योजनाको पानी झरेपछि उक्त समस्यावाट मुक्त भएका हुन् ।
 
लामो समयदेखी पानी नपरी खानेपानीको मुहान सवै सुकेका कारण खानेपानीको अभाव व्यहोर्दै आएका उनीहरुको आफ्नै करेसामा पानी झरेपछि खुशीयाली  छाएको हो । खाँडादेवी गाउँपालिका वडा नं ३, ४ र ५ का वडाहरुको समस्यालाई लक्षित गरी डिभिजन खानेपानी कार्यालयको सहयोगमा  आरम्भ भएको पकरवास र भिरपानी पम्विङ्ग खानेपानीको निमार्ण काम करिव अन्तिम चरणमा पुगेको छ ।
 
उक्त उपभोक्ता समितिले वितरण लाइन र धारा पोष्ट निमार्णको काम गर्न वाँकी रहेकाले तत्काल स्थानीय उपभोक्ताहरुलाई राहात पुगोस् भन्नका लागि दशैं अगावै देखी मुल लाइन मार्फत विभिन्न टोलमा अस्थायी रुपमा पानी खसालिएको उपभोक्ता समितिका सचिव भक्तवहादुर श्रेष्ठले जानकारी दिए । उपभोक्ता समितिको अगुवाई र खानेपानी कार्यालयको सहयोगमा आफ्नै टोलमा झरेको पानी प्रयोग गर्न पाउँदा आफुहरुलाई जिन्दगीमा सवै भन्दा खुशीको अनुभुती भएको स्थानीय गृहिणी पार्वति विकले बताइन ।

२०७२ सालको भुकम्प पश्चात खानेपानीको चरम अभाव भएपछि पकरवास र भिरपानीका मानिसहरुले पुनर्निमार्ण तथा खानेपानीको लागि समेत पानी खरिद गर्न वाध्य भएका थिए । परिणाम यस क्षेत्रका अधिकासं मानिसहरुले प्रतिलिटर २ रुपैयाँका दरले पानीको पैसा तिर्दै आएका थिए । उनीहरुले दैनिक प्रयोजनका लागि पनि तामाकोशी र सुनकोशी नदीवाट ट्याकंरमा वोकाएको पानी प्रयोग गर्दै आएको अनुभव पनि मानन्धरको रहेको छ । तर योजनाको काम गरिरहेको उपभोक्ता समितिले गाउँलेहरुले अप्ठ्यारोलाई मध्य नजर राख्दै मुल लाइन मार्फत पानी झारिदिएपछि भिरपानी र पकरवासमा खानेपानीको समस्या टरेको मात्र छैन्, उनीहरुका वारी टारी र कान्ला समेत पूर्ण हरियाली भएपछि पुरै वडाका मानीसहरु उत्सायहत भएका छन ।

परिक्षण लाइनको रुपमा वितरण गरिएको र अस्थायी रुपमा झरेको पानीको शुल्क पनि तिर्नु नपर्ने भएकाले अधिकासंले आफ्नै करेसा वारीमा राम्रो तरकारी समेत उत्पादन गर्दै आएका छन् । जसका कारण पकरवास र भिरपानीको मुहार नै फेरिएको पकरवास भिरपानी खानेपानी आयोजना स्किम नं १ का अध्यक्ष नेत्रवहादुर केसीले बताए ।

स्थानीय मागका आधारमा डिभिजन खानेपानी कार्यालय मन्थलीले स्किम नं १ को नाममा सुनकोशी नदी तर्फवाट भिरपानीको लागि खानेपानीको काम गर्दै आएको छ । नदी किनारवाट १ हजार २५ मिटर उचाइमा ३ सय, २ सय र १ सय ५० र ५० घनमिटरका रिर्जरभर ट्याकींहरु ठाउँठाउँमा निमार्ण भइसकेका छन् । उक्त आयोजना वाट १ हजार ३ सय ४६ घर धुरी उपयभोक्ताहरु लाभान्वीत हुने खानेपानी सरसफाई डिभिजन कार्यालय रामेछापकाईन्जिनियर नवराज सत्यालले जानकारी दिए

त्यसैगरी स्किम नं २ पकरवास अन्तर्गत ८ सय ५० मीटर उचाईमा पानी तानेर परिक्षण वितरणको काम भई रहेको छ ।  एक हजार १ सय १७ घरका लागि लक्षित गरि निर्माणको काम तिव्र गतिमा भईरहेको छ । आयोजना दुवैको काम यसै आर्थिक वर्षमा सम्पन्न गरि उपभोक्ता समितिलाई हस्तान्तरण गरिने छ  ।

सोहि संझौताका आधारमा काम सम्पन्न गर्ने गरि कुल ४३ करोड १५ लाखको लागतमा काम भईरहेको दुवै योजना संचालनका लागि कार्यालयले सवै खालका सहयोग पुर्याउँदै आएको र योजनाका काम पनि करिव अन्तिम चरणमा पुगेको डिभिजन कार्यालय रामेछाप डिभिजन प्रमुख लोकवहादुर चौलागाईले जानकारी दिए ।  उनले दुवै आयोजनकाको काम समयमा सकिने कुरामा कार्यालय विश्वस्त रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ