arrow

यस्तो छ नासाले मंगलग्रहका लागि बनाएको ‘सुपरसोनिक पारासुट’

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
nasa-parasute.png

काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा)ले मंगल ग्रहका लागि तयार पारिएको विशेष क्षमताको प्यारासुटको परीक्षण गरेको छ । 

सन् २०२० मा नासाले मंगल ग्रहको मिसन अघि सार्ने तयारी गरिरहेको छ । यो मिसनका लागि भन्दै विशेष क्षमता भएको सुपरसोनिक पारासुट बनाइएको हो । नासाले उक्त प्यारासुट इतिहासकै सबैभन्दा छिटो खुल्ने पारासुट भएको बताएको छ ।
 
सन् २०२१ को फेब्रुअरी महिनामा मंगल ग्रहमा ल्याण्ड गर्ने गरी २०२० मा आफ्नो मिसन सुरु गर्ने योजनामा नासा रहेको छ । नासाले त्यसका लागि आफ्नो पारासुटको परीक्षण गरेको हो । 

परीक्षणको क्रममा उक्त पारासुटले कीर्तिमान पनि राखेको छ । परीक्षणको क्रममा रकेटबाट छुट्टिएको एक सेकेण्डभित्रै सो पारासुट खुलेको थियो । त्यसले ३७ हजार किलोग्रामको तौल सहजताका साथमा जमिनमा ल्याण्ड गराएको थियो । 

नासाले यो पारासुटले मंगल ग्रहको लागि ल्याइएको मिसनमा निकैे महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएको छ । नासाले गरेको परीक्षणको क्रममा यो पारासुटलाई रकेटसँगै जोडिएको थियो र रकेट प्रक्षेपण गरिएको दुई मिनेटपछि पारासुटलाई रकेटबाट छुट्याइएको थियो । त्यससँगै पारासुट पृथ्वीको वायुमण्डलतर्फ आएको थियो । 

विवरणमा जमिनभन्दा ३८ हजार किलोमिटर टाढा रहेको अवस्थामा पारासुटको सेन्सरले काम गर्ने र पारासुट खुल्ने बताइएको छ । रकेटबाट छुट्टिएको १ सकेण्डको ४० औं भागभित्र नै पारासुट खुलेको थियो र यो जमिनमा आइपुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ