arrow

अनरले ल्यायो छअाेटा क्यामेरा भएको ‘अनर म्याजिक २’

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
honor-magic-2.png

काठमाडौं । हुवावेको शाखा कम्पनी अनरले लामो समयदेखि प्रतीक्षा गरिएको ‘अनर म्याजिक २’ सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि यो स्मार्टफोनले ६ ओटा क्यामेरा हुने भन्दै चर्चा बटुलेको थियो । बुधबार चीनमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो । 

अनर म्याजिक २ मा ६.४ इन्चको फुल एचडी ओएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । यसको रेजुलेसन २३४०×१०८० पिक्सल रहेको छ । यसमा अक्टाकोर ९८० एसओसी प्रोसेसरको प्रयोग गरिएको छ ।

 यो स्मार्टफोन ३ वारियन्टमा उपलब्ध हुनेछ । यो स्मार्टफोनमा ६ वा ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नन स्टोरेज तथा ८ जीबी र्‍याम र २५६ जीबीको इन्टर्नल स्टोरजमा उपलब्ध हुनेछ । 

चीनमा नोभेम्बर ६ देखि यसको बिक्री सुरु हुनेछ । कम्पनीका ८जीबी र्‍याम र ५१२ जीबीको वारियन्ट भने आगामी डिसेम्बरमा सार्वजनिक गर्ने तयारी गरेको छ । यो स्मार्टफोनको फ्रान्ट र रेयर दुवैतर्फ ट्रिपल क्यामेराको प्रयोग गरिएको छ । 

यसमा ३४०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । यसमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ