arrow

रुपन्देहीको देवदहमा लागुऔषध सहित दुई जना पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
lagauausad-pakrau.jpg

बुटवल । रुपन्देहीको देवदहमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।  मंगलबार रुपन्देहीको देवदह र नवलपरासीको सुनवल जोड्ने कजरार खोला पुलमा शंका लागि चेक गर्दा ग १ प ८००२ नंम्बरको मोटसाइकलमा खैरेनी तर्फ आउँदै गर्दा पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा देवदह–१ शंकरपुरका १८ बर्षिय मोहमद आलम र भारत महारागञ्जका २० बर्षिय सौमान अहमद रहेको देवदह प्रहरी चौकीका साहायक प्रहरी निरीक्षक टोप बहादुर रानाले जानकारी दिनु भयो । उनिहरुको साथबाट ८८ थान डाइजेपाम, ९५ थान नोफिन र ८८ थान फेनेरागन बरामद गरीएको छ ।

उनिहरुले लागुऔषध ल्याए वापत ५ हजार रुपैयाँ पाउने आशामा आफुहरुले भरीया काम गरेको बताएका छन । उनिहरुले नाताले भेना साला हुन ।

उनिहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पाठाइएको प्रहरीले बताएको छ ।त्यस्तै गरी पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी ५६ एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागु औषध बरामद गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ