arrow

विवादित मन्त्री स्थापितलाई विस्थापित गर्न मुख्यमन्त्री पौडेल काठमाडौं परामर्शमा

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
stapit-dormani.jpg

मकवानपुर। यौन दुर्व्यवहारको आरोपित प्रदेश नं ३ सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री केशब स्थापित र मुख्यमन्त्री डोरमणि पौडेल बिच चर्काचर्की भएको छ । पछिल्लो समय यौन हिंसाको आरोपमा मुछिएका र कार्य सम्पादन सुधार नगरेका  स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले कार्य सम्पादन सुधार्न निर्देशन दिएपछि प्रदेश नंम्बर ३ को मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको हो ।

मुख्यमन्त्री र मन्त्री बिच आफ्ना कुरा राख्ने क्रममा टेबुल ठोकाठोक समेत भएको छ । प्रदेश नंम्बर ३ मा स्थापितको भुमिका सन्तोषजनक नभएका कारण पौडेल सन्तुष्ट हुन सकेका छैनन् । पछिल्लो यौन काण्डले उनि अझ असन्तुष्ट रहेका छन् ।

आफ्नो कार्य सुधार गर्न भन्दै मुख्यमन्त्री पौडेलले सम्झाउदा स्थापितले उल्टै अभद्र व्यवहार देखाएपछि पौडेल अर्का मन्त्री कैलाश ढुङ्गेललाई लिएर काठमाडौं हानिएका छन्। काठमाडौंमा मुख्यमन्त्री पौडेलले स्थापितले मन्त्रिपरिषद्मा गरेको अभद्र व्यवहार नेताहरुलाई जानकारी गराउने भएका छन् ।

मुख्यमन्त्री पौडेलले   यौन दुर्व्यवहारको आरोपमा मुसिएका स्थापितलाई विस्थापित गर्न लागेको स्रोतले जनाएको छ ।

स्थापित मेयर भएका बेलामा जागिर टिकाउन संचारकर्मी रश्मिला प्रजापतीलाई यौन प्रस्ताव गरेको उनले खुलासा गरेकी थिइन्। उनले सामाजिक सञ्जाल फेसबुकमा १५ वर्षअघि भएको उक्त ह्यारेसमेन्टबारे खोलेकी हुन् । रश्मिलाले यसअघि पनि विभिन्न मिडियामा यौन हिंसाबारे बताउने गरेको लेखेकी छिन् । रश्मिला आफू पनि महिला हिंसा विरुद्धको अभियानमा सरिक छिन् ।

उनले मी टु मुभमेन्ट अन्तर्गत पहिलो पटक सामाजिक सञ्जालमा लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् । यसबारे उनले दुई वर्ष अगाडि बल्डपल्समा पनि लेखेकी थिइन् ।

स्थापितले अहिले पनि अन्य पत्रकारलाई पनि आफूलाई जस्तै ह्यारेस गर्न नछाडेको दावी रश्मिलाको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ